प्यूठान । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्यूठानको मल्लरानी गाउँपालिकाले ५ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ।
गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर खड्काद्वारा जारी शोक तथा समवेदना विज्ञप्तिमार्फत बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावित नागरिकलाई राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम उपलब्ध गराउने निर्णय गरिएको जनाइएको छ।
गाउँपालिकाले बाढीमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना समेत प्रकट गरेको छ।
यस्तै, बाढीपीडितका लागि गाउँपालिकाका सम्पूर्ण जनप्रतिनिधि, शिक्षक तथा कर्मचारीको एक दिन बराबरको सेवा–सुविधाको रकमसमेत सहयोग गर्ने निर्णय गरिएको विज्ञप्तिमा उल्लेख छ।
प्रतिक्रिया