logo

  • ८ भाद्र २०८३, सोमबार | Mon, 24 Aug 2026

  •      Listen Radio Live

    प्यूठानका प्रहरी प्रमुख नरहरि अधिकारी लुम्बिनी प्रदेशकै उत्कृष्ट प्रहरी

    प्यूठानका प्रहरी प्रमुख नरहरि अधिकारी लुम्बिनी प्रदेशकै उत्कृष्ट प्रहरी

    प्यूठान । जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) नरहरि अधिकारी लुम्बिनी प्रदेशको ‘पुलिस अफ द मन्थ’ घोषित हुनुभएको छ।

    लुम्बिनी प्रदेश प्रहरी कार्यालयले साउन महिनाको उत्कृष्ट प्रहरीका रूपमा अधिकारीलाई छनोट गर्दै प्रशंसापत्रसहित सम्मान गरेको हो। जिल्ला प्रहरी कार्यालय प्यूठानको नेतृत्व सम्हाल्दै आउनुभएका अधिकारीलाई अपराध अनुसन्धान, अपराध नियन्त्रण तथा प्रभावकारी नेतृत्वका आधारमा उत्कृष्ट प्रहरीका रूपमा छनोट गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

    लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) भूपेन्द्र खत्रीले अधिकारीलाई संगठनको नीति तथा निर्देशनअनुसार जिम्मेवारी व्यावसायिक रूपमा सम्पादन गर्दै अपराध नियन्त्रणमा योगदान पुर्‍याएको भन्दै प्रशंसापत्र प्रदान गर्नुभएको हो।

    अधिकारीको नेतृत्वमा प्यूठान प्रहरीले अपराध नियन्त्रणसँगै फरार प्रतिवादी पक्राउ, चोरी तथा लागूऔषध कारोबार नियन्त्रण र जुवातास नियन्त्रणका क्षेत्रमा काम गर्दै आएको जनाइएको छ।



    mandavionline mandavionline    
  • ७ भाद्र २०८३ आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP