logo

  • २९ आश्विन २०८३, बिहीबार | Thu, 15 Oct 2026

  •      Listen Radio Live

    करणी कसुरमा फरार प्रतिवादी प्युठानबाट पक्राउ

    करणी कसुरमा फरार प्रतिवादी प्युठानबाट पक्राउ

    प्यूठान, असोज २७। करणीसम्बन्धी कसुर मुद्दामा फरार रहेका २२ वर्षीय जीवन बस्नेतलाई प्युठान प्रहरीले पक्राउ गरेको छ।

    जिल्ला प्रहरी कार्यालय प्युठानका अनुसार प्युठान नगरपालिका–९ घर भई हाल दाङको लमही नगरपालिका–५ आनन्दनगर टोलमा बस्दै आएका बस्नेतलाई आज असोज २७ गते दिउँसो करिब २ बजे प्युठान नगरपालिका–९ मरन्ठानास्थित घरबाट पक्राउ गरिएको हो।

    जिल्ला अदालत दाङबाट पक्राउ पुर्जी जारी भएपछि फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय प्युठानबाट खटिएको सादा पोसाकको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो। पक्राउ परेका बस्नेतलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी थप कारबाहीका लागि इलाका प्रहरी कार्यालय लमहीतर्फ पठाइएको प्रहरीले जनाएको छ।



    mandavionline mandavionline    
  • २७ आश्विन २०८३ मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP