logo

  • ३० श्रावण २०८३, शनिबार | Sat, 15 Aug 2026

  •      Listen Radio Live

    प्यूठानमा थप एक पुरुषको शव फेला, भेटिएका शवको संख्या पाँच पुग्यो

    प्यूठानमा थप एक पुरुषको शव फेला, भेटिएका शवको संख्या पाँच पुग्यो

    प्यूठान । प्यूठानको माण्डवी गाउँपालिका–५ अर्दुसस्थित माडी खोलाको किनारमा थप एक पुरुषको शव फेला परेको छ। यससँगै बिहीबार प्यूठानका विभिन्न खोलाको किनारमा फेला परेका शवको संख्या पाँच पुगेको छ।

    बिहान करिब १० बजे अर्दुसस्थित माडी खोलाको किनारमा पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ। शवको नाम, थर र वतन खुल्न सकेको छैन।

    यसअघि स्वर्गद्वारी नगरपालिका–९ जुडापाटामा करिब १२/१३ वर्षका बालकको, वडा नम्बर ३ किमिचौरमा पुरुषको, वडा नम्बर ४ गोठीबाङमा महिलाको तथा वडा नम्बर ५ सरोजास्थित लुङ्ग्री खोलाको किनारमा महिलाको शव फेला परेको थियो।

    थप शव फेला परेपछि घटनास्थलमा प्रहरी तथा सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ। अर्दुसमा अस्थायी प्रहरी पोस्ट चकचकेबाट प्रहरी सहायक निरीक्षक सौजन डाँगीको कमाण्डमा तीन जना तथा सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म प्यूठानबाट सशस्त्र प्रहरी नायब उपरीक्षक विजयकुमार चौधरीको कमाण्डमा सात जनाको टोली खटिएको प्रहरीले जनाएको छ।

    घटनाबारे थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ।

    1. तस्बिर : ए आई निर्मित



    mandavionline mandavionline    
  • २८ श्रावण २०८३ बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP