logo

  • ९ आश्विन २०८३, शुक्रबार | Fri, 25 Sep 2026

  •      Listen Radio Live

    सार्वजनिक विदाका दिन पनि कर्मचारीलाई अनिवार्य उपस्थित हुन झिमरुक गाउँपालिकाको निर्देशन

    सार्वजनिक विदाका दिन पनि कर्मचारीलाई अनिवार्य उपस्थित हुन झिमरुक गाउँपालिकाको निर्देशन

    प्युठान । मौसम विज्ञान विभागको सूचना अनुसार लगातार भइरहेको भारी वर्षाका कारण विपद्को जोखिम बढेपछि झिमरुक गाउँपालिकाले आफ्ना सम्पूर्ण कर्मचारीहरूलाई सार्वजनिक विदाका दिनमा पनि अनिवार्य उपस्थित हुन निर्देशन दिएको छ।

    झिमरुक गाउँ कार्यपालिकाको कार्यालय, भ्यागुते, प्युठानले जारी गरेको सूचना अनुसार असोज १० गते शनिबार र ११ गते आइतबार सार्वजनिक विदा परे पनि सम्भावित विपद्को क्षति न्यूनीकरण, राहत तथा उद्धार कार्यलाई सहजीकरण गर्न कर्मचारीहरूलाई कार्यालयमा उपस्थित हुन भनिएको हो।

    गाउँपालिका, वडा कार्यालयहरू तथा स्वास्थ्य संस्थाहरूमा कार्यरत सबै कर्मचारीहरूलाई आ-आफ्नो कार्यालयमा उपस्थित भई उच्च सतर्कताका साथ तयारी अवस्थामा रहन प्रमुख प्रशासकीय अधिकृत अमरराज सेजुवालद्वारा हस्ताक्षरित सूचनामा अनुरोध गरिएको छ।