नेपाली कांग्रेस प्यूठानका जिल्ला सभापति विष्णु कुमार गिरीले आसन्न जिल्ला अधिवेशनपछि पार्टीको नयाँ नेतृत्व शिवराज रिजालले सम्हाल्ने संकेत गर्नुभयको छ ।
कांग्रेस प्यूठानले १५औँ महाधिवेशनअन्तर्गत सम्पन्न वडा तथा पालिका तहका अधिवेशनमा सहभागी तथा निर्वाचित सबैलाई धन्यवाद दिँदै जारी गरेको प्रेस विज्ञप्तिमा सभापति गिरीले यस्तो उल्लेख गर्नुभएको हो।
गिरीले विज्ञप्तिमा “आसन अधिवेशन पश्चात पार्टीका नेता शिवराज रिजालले नयाँ नेतृत्वको बागडोर सम्हाल्नुहुनेछ” त्यस क्रममा पार्टीलाई सही गन्तव्यमा पुर्याउन पूर्णरूपमा सहयोग गर्न सबैलाई आग्रह गर्नुभएको छ।
यससँगै कांग्रेस प्यूठानको आसन्न जिल्ला अधिवेशनमा शिवराज रिजाललाई नयाँ नेतृत्वका रूपमा अघि सारिएको संकेत देखिएको छ।
सभापति गिरीले वडा अधिवेशनबाट चयन भएका क्षेत्रीय प्रतिनिधि तथा वडा इकाइ सभापतिलगायत निर्वाचित सबैलाई बधाई दिँदै आगामी अधिवेशन सफल बनाउन सहयोग गर्न आग्रह गर्नुभएको छ।
त्यस्तै, भारी वर्षाका कारण निर्धारित अधिवेशनका केही कार्यक्रम असोज ११ र १२ गते स्थगित गरिएको जानकारी गराउँदै गिरीले मौसमको प्रतिकूलता हुँदाहुँदै पनि अधिवेशनलाई सफल बनाउन सबै क्षेत्रीय प्रतिनिधि र निर्वाचित नेतृत्वलाई आ–आफ्नो भूमिका निर्वाह गर्न आग्रह गर्नुभएको छ।
प्रतिक्रिया