logo

  • १६ असार २०८२, सोमबार | Mon, 30 Jun 2025

  •      Listen Radio Live

    लुम्वीनी प्रदेशका सबै स्थानिय तहमा एकीकृत अखिल नेपाल शिक्षक संगठनको ज्ञापनपत्र

    लुम्वीनी प्रदेशका सबै स्थानिय तहमा एकीकृत अखिल नेपाल शिक्षक संगठनको ज्ञापनपत्र

    राष्ट्रिय कार्यक्रम अनुसार एकीकृत अखिल नेपाल शिक्षक संगठनको आज लुम्बिनी प्रदेशका सबै स्थानीय तहहरुमा शिक्षासँग सम्वन्धीत राष्ट्रिय, पेशागत, स्थानीय मागहरू समेटिएको ज्ञापनपत्र बुझाएको छ । सोही अनुसार जिल्लाका ९ वटै स्थानिय तहमा पुगेर संगठनले स्थानिय तहका जनप्रतिनिधीलाई ज्ञापन पत्र बुझाएको हो । एकीकृत अखिल नेपाल शिक्षक संगठन प्यूठान नगरपालिकाले प्युठान नगरपालिकाका नगर उपप्रमुख देवेन्द्र वर्मालाई भेटी ज्ञापन पत्र बुझाएको छ । एकीकृत अखिल नेपाल शिक्षक संगठनका प्युठान नगरपालिकाका ईन्चार्ज केशव पण्डित, अध्यक्ष रमेश गिरी र सचिव टिकाराम रिजालद्धारा हस्ताक्षरित ज्ञापनपत्र आज नगर उपप्रमुख देवेन्द्र वर्मालाई भेटी ज्ञापनपत्र बुझाएको हो ।
    शिक्षामा कुल बजेटको २० प्रतिशत बजेट बिनियोजन गर्नुपर्ने, आधारभुत र माध्यमिक तहसम्मको शिक्षा निशुल्क गर्नुपर्ने, तहगत र बिषयगत शिक्षकको ब्यवस्था गर्नुपर्ने तथा बालबिकास शिक्षक र बिद्यालय कर्मचारीको तलव कर्मचारी श्रम एन अनुसार हुनेपर्ने लगाएतका राष्ट्रिय तथा पेशागत मागहरु राख्दै ज्ञापनपत्र बुझाएको हो ।



    mandavionline mandavionline    
  • ७ मंसिर २०८१ शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP