logo

  • १० माघ २०८२, शुक्रबार | Fri, 23 Jan 2026

  •      Listen Radio Live

    ऐरावतीमा साबुन व्यवसाय सम्बन्धि सीप विकास तालिम संचालन

    ऐरावतीमा साबुन व्यवसाय सम्बन्धि सीप विकास तालिम संचालन

    प्युठान, ४ चैत्र । ऐरावती गाउँपालिका वडा नं ३ जाबुनेमा साबुन व्यवसाय सम्बन्धी सीप विकास तालिम संचालन भएको छ । सीप सिकौ स्वरोजगार बनौ, समृद्ध नेपालको निर्माण गरौ भन्ने मुल नाराका साथ ऐरावती गाउँपालिका गरीवी निवारणको लागि लघु उद्यम विकास कार्यक्रम अन्र्तगत उक्त तालिम संचालन भएको हो ।

    तालिमको आज एक कार्यक्रमका बीच ऐरावती गाउँपालिकाका अध्यक्ष नविल विक्रम शाहले उद्घाटन गर्नुभएको हो । तालिमको उद्घाटन गर्दै अध्यक्ष शाहले सरसफाईका लागि अति आवश्यक पर्ने साबुन भएकाले साबुन व्यवसाय सम्बन्धी तालिम संचालन गरेको बताउनुभयो । यस क्षेत्रका नागरिकलाई पूर्ण आत्मनिर्भर बनाउने उदेश्यले तालिम संचालन गरेका हौ, अध्यक्ष शाहले भन्नुभयो, तालिम भरपूर्ण तरिकाले लिनुहोला । तालिम लिनु ठूलो कुरा नभई यसलाई उत्पादन र व्यवसायिकरण गर्नुपर्ने उहाँँले बताउनुभयो । पालिकाले यस पहिले पनि विभिन्न वडामा नागरिकलाई आत्मनिर्भर बनाउनका लागि यस प्रकारका विभिन्न तालिमहरु संचालन गरेको समेत उहाँले बताउनुभयो । आगामी दिनमा पनि यस प्रकारका तालिमहरु संचालन गर्ने योजना रहेको उहाँले बताउनुभयो ।

    तालिम उद्घाटन कार्यक्रममा वडा नं ३ का वडाअध्यक्ष पदम बहादुर जिसीले यो तालिमले यस क्षेत्रका नागरिकलाई स्वरोजगार बन्ने ठूलो अवसर मिलेको बताउनुभयो । यस तालिममा समयको पूर्ण रुपमा सदुपयोग गरी ध्यान दिएर तालिम लिन समेत उहाँँले आग्रह गर्नुभयो । कार्यक्रममा ऐरावती गाउँपालिका योजना शाखा प्रमुख विनोद कुमार त्रिपाठीले यस तालिम पश्चात स्थानीय श्रोतहरुको उपयोग गरी साबुन संगै फिनाएल, हारपिक र सर्फ लगाएतका बस्तुहरु उत्पादन संगै विक्रि वितरण गर्न सके आयआर्जनका लागि राम्रो आधार भएको बताउनुभयो । यो व्यवसायलाई निरन्तर रुपमा गर्न सके बजार पनि रहेको बताउनुभयो । कच्चा पदार्थ पनि सजिलै पाईने भएकाले यो तालिम पश्चात तालिममा सहभागीले उत्पादन पनि गर्ने विश्वास लिएको उहाँले बताउनुभयो ।

    ५ दिन सम्म संचालन हुने तालिममा ३ नं वडाका विभिन्न बस्तीबाट १४ जना व्यक्ति सहभागी हुनुहुन्छ । तालिममा स्थानीय श्रोत पाती, निमपत्ता, घिउकुमारी, सुन्तलाको बोक्रा लगायतका कच्चा पदार्थबाट नुहाउने साबुन, लुगा धुने साबुन, धाडा धुने साबुन, हरपिक लगाएतका सामाग्रीहरु उत्पादन गर्न सिकाईने तालिमको प्रशिक्षक सुस्मीता थापामगरले बताउनुभयो ।

    ऐरावती गाउँपालिका वडा नं ३ का वडा अध्यक्ष पदम बहादुर जिसीको अध्यक्षता, ऐरावती गाउँपालिकाका अध्यक्ष नविल विक्रम शाहको प्रमुख आतिथ्यतामा उद्घाटन भएको तालिममा वडाका जनप्रतिनीधि, ऐरावती गाउँपालिका योजना शाखा प्रमुख विनोद कुमार त्रिपाठी, प्रशिक्षक सुस्मीता थापा मगर, सुवास तामाङ, वडा नं ३ का वडा सचिव लिलामणी सुनार, उद्यम विकास सहजकर्ता टोप नारायण श्रेष्ठ, वडाका कर्मचारी लगाएतको उपस्थित रहेको थियो । कार्यक्रमको संचालन गाउँपालिका पंजिकरण शाखा प्रमुख सागर रिजालले गर्नुभएको थियो ।



    mandavionline mandavionline    
  • ४ चैत्र २०८१ सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP