logo
  • २७ माघ २०८१, आईतवार | Sun, 09 Feb 2025

  •      Listen Radio Live

    सुनको मूल्य प्रतितोला एक हजार पाँच सय घट्यो

    सुनको मूल्य प्रतितोला एक हजार पाँच सय घट्यो

    काठमाडौँ । आइतबार सुनको मूल्य घटेको छ । आन्तरिक बजारको माग तथा आपूर्ति व्यवस्थापन र अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा देखिएको उतारचढावका कारण सुनको मूल्य आइतबार प्रतितोला रू एक हजार पाँच सय घटेको हो ।

    शुक्रबार प्रतितोला रू एक लाख ५३ हजार पाँच सयमा कारोबार भएको सुन आइतबार प्रतितोला रू एक लाख ५२ हजार कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

    शुक्रबारको तुलनामा आइतबार चाँदीको मूल्य भने स्थिर देखिएको छ । आइतबार चाँदी प्रतितोला रू एक हजार आठ सय १० मा कारोबार हुनेछ ।



    mandavionline mandavionline    
  • २१ पुष २०८१ आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP