सागर रिजाल-ऐरावती
ऐरावती गाउँपालिका वडा नम्बर ४ स्थित श्री बाल शिक्षा प्राथमिक विद्यालय कैरनको चार कोठे भवनको शिलन्यास गरिएको छ ।
ऐरावती गाउँपालिकाका अध्यक्ष नविल विक्रम शाह, उपाध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ लगाएतको उपस्थितीमा चारकोठे भवनको शिलन्यास गरिएको हो । ७२ लाख रुपैया लागतमा निर्माण हुने उक्त भवन शिलन्यास कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष शाहले भवन निर्माण पश्चात विद्यार्थीलाई पठनपाठनमा सहजता हुने विस्वास लिएको बताउनुभयो । बिद्यालय भवन निर्माणसंगै शिक्षाको गुणस्तर सुधारमा टेवा पुग्ने बताउदै समयमै भवन निर्माण गर्न निर्माण ब्यवसायीलाइ आग्रह समेत गर्नुभयो । चारकोठे भवनसंगै सौचालय पनि निर्माण गरिने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शतिस केसीले जानकारी दिनुभयो । जेठ मसान्त सम्म भवन निर्माण हुने उहाँले बताउनुभयो ।
ऐरावती गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष शंकर बहादुर भण्डारी, वडा सचीव तथा प्राविधिक बल बहादुर रोका, विद्यालय ब्यबस्थापन समिति, विद्यालयमा कार्यरत शिक्षक, स्थानिय बुद्धिजीवी, लगाएतको शहभागीता रहेको थियो । यस आर्थिक बर्षमा ऐरावती गाउँपालिकामा शिशु कल्याण आधारभुत विद्यालय ऐरावती गाउँपालिका ५ झिबाङ्ग र बाल किरण प्रा.वि.ऐरावती गाउँपालिका १ सल्लीकोटमा भवनको शिलन्यास भइ निर्माण कार्य सुरु भएको छ ।
प्रतिक्रिया