प्यूठान । प्यूठानको गौमुखी गाउँपालिकामा बाल्टिनमा राखिएको पानीमा डुबेर डेढ वर्षीय बालकको मृत्यु भएको छ।
गौमुखी गाउँपालिका–७, नारीकोटका शिवलाल थापाका छोरा कृष थापाको बिहीबार बिहान आफ्नै घरमा बाल्टिनमा रहेको पानीमा डुबेर मृत्यु भएको हो।
पानीमा डुबेका बालकलाई उपचारका लागि जिल्ला अस्पताल बिजुवार पुर्याइएको थियो। अस्पतालमा चिकित्सकले जाँच गर्दा बालकको मृत्यु भइसकेको पुष्टि गरेका थिए। मृतक बालकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पतालको शवगृहमा राखिएको जनाइएको छ।
प्रतीकात्मक तस्बिर :
प्रतिक्रिया