प्यूठान । सशस्त्र प्रहरी बल, नेपाल गुल्म मुख्यालय प्यूठानको १४ औं स्थापना दिवस विविध कार्यक्रमका साथ सनिबार सम्पन्न भएको छ।
स्थापना दिवस कार्यक्रममा प्रमुख अतिथि सशस्त्र प्रहरी बरिष्ठ उपरिक्षक निमित्त बाहिनीपति बिरेन्द्र बहादुर ऐरले सभ्य समाजको निर्माणकालगि सबै क्षेत्र लाग्नुपर्ने बताउनुभएको थियो । त्यस्तै प्रभावकारि सुरक्षाकालागि र्राष्ट्रिय सुरक्षा तथा बिपद् व्यबस्थापनमा गरेको योगदानको प्रसंशा गर्नुभएको थियो । कार्यक्रममा बोल्दै ऐरले सुचना प्रबिधिको दुरुपयोग नियन्त्रणकालागि सङ्गठनको क्षमता बिकासको तालिममा सकृय सहनुकासाथै हरेक क्षेत्रमा उच्च मनोबलकासाथ जिम्मेबारी पुरा गरेको बताउनुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समिति प्यूठानका प्रमुख धरमबहादुर जिसी, प्रमुख जिल्ला अधिकारी शान्तीराज प्रसाई र गुल्मपतिले आ आफ्नो मन्तव्य राख्नुभएको थियो ।
प्यूठान नगरपालिका बतासेडाँडा स्थित गुल्ममा सञ्चालन भएको स्थापना दिवसको अवसरमा देशभक्तिमूलक गीतमा सामूहिक नृत्य, सरायँ नाच, एकल नृत्यलगायत विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो। कार्यक्रममा दुई माइल दौड, हतियार ह्यान्डलिङ, ब्याडमिन्टन, हाजिरी जवाफ तथा टेबलटेनिस प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने सहभागीहरूलाई विभिन्न अतिथिहरूद्वारा पुरस्कार वितरण गरिएको थियो।
कार्यक्रममा प्रमुख अतिथि तथा विशिष्ट अतिथिहरूले संगठनले शान्ति सुरक्षा, विपद् व्यवस्थापन, उद्धार तथा सामाजिक उत्तरदायित्वका क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा गर्दै स्थापना दिवसको शुभकामना व्यक्त गरेका थिए। प्रमुख अतिथिबाट सशस्त्र प्रहरी कर्मचारीहरूलाई निर्देशनात्मक सम्बोधन समेत गरिएको थियो।
सशस्त्र प्रहरी बल, नेपाल गुल्म हे क्वा प्यूठानले स्थापना कालदेखि जिल्लामा शान्ति सुरक्षा कायम राख्ने, अपराध नियन्त्रण, विपद् उद्धार, आगलागी नियन्त्रण, निर्वाचन सुरक्षा तथा सामाजिक जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ। स्थापना दिवस कार्यक्रमले संगठन र नागरिकबीचको सम्बन्धलाई अझ सुदृढ बनाउन सहयोग पुगेको आयोजकले जनाएको छ।
प्रतिक्रिया