logo
  • २७ माघ २०८१, आईतवार | Sun, 09 Feb 2025

  •      Listen Radio Live

    जनप्रिय युवा क्लबद्धारा सुस्त श्रवण बिद्यार्थीलाई पोसाक वितरण

    जनप्रिय युवा क्लबद्धारा सुस्त श्रवण बिद्यार्थीलाई पोसाक वितरण

    रविन विश्वकर्मा,प्युठान । प्युठान नगरपालिका स्तरीय जनप्रिय युवा क्लबले सुस्त श्रवण भएका १७ जना बिद्याथीलाई न्यानो पोसाक वितरण गरेको छ । प्युठान नगरपालिका १ स्थित भुबनेश्वरी माध्यामिक बिधालय खैरामा अध्ययनरत १७ जना बिद्यार्थीलाई आज एक कार्यक्रमका बिच पोसाक वितरण गरेको हो । सामाजिक उत्तरदायित्व अन्तर्गत सुस्त श्रवण भएका बिद्यार्थीहरुलाइ मध्ये नजर गदै विद्यालयमै पुगेर २२ हजार रुपैंया बराबरको न्यानो पोसाक ट्रयाक सुट वितरण गरिएको युवा क्लबका अध्यक्ष तारा घर्तिमगरले बताउनुभयो । विभिन्न सहयोगि दाताहरुबाट रकम संकलन गरि चिसोको समयमा न्यायो कपडाको अभावमा कष्टकर जीवन बिताई रहेका बिद्यार्थीलाई केहि राहतको अनुभुतिसंगै पढाइमा सहयोग पुगोस भन्ने उद्धेश्यका साथ पोसाक वितरण गरेको उहाँले बताउनुभयो ।

    पोसाक हस्तारणपछि कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा प्युठान नगरपालिकाका प्रवक्ता एवं ३ नंम्बर वडा अध्यक्ष सुमनराज श्रेष्ठले फरक क्षमता भएका विद्यार्थीको लागि युवा क्लबले गरेको सामाजिक कार्यको खुलेर प्रशंसा गनुभयो । न्यानो कपडाको अभावमा समस्या भोगि रहेका विद्यार्थीलाई कपडा प्रदान गरि क्लबले अभिभावकको भुमिका निभाएको बताउदै आगामी दिनमा यस्ता कार्यलाई निरन्तरता दिन जोड दिनुभयो ।

    अध्यक्ष श्रेष्ठले गरिब, बिपन्न, अशक्त, असहाय तथा फरक क्षमता भएका ब्यक्तिलाई सहयोग गर्नु स्थानिय सरकार तथा राज्यको दायित्व भएको बताउनुभयो । नगरपालिकाले राता माटा स्कुलमा २८ जना अभिभावकविहीन बालबालिकालाई सम्पुर्ण जिम्मेवारी सहित हेरचाह गदै आएको बताउनुभयो । गरिब, बिपन्न, अशक्त, असहाय तथा फरक क्षमता भएका ब्यक्तिहरुलाई वडा तथा नगरपालिका स्तरबाट खाद्यान्न, पोसाक तथा शैक्षिक सामाग्री वितरण, केहि उपचार खर्च हस्तान्तरण लगायतका सहयोग गदै आएको र आगामी दिनहरुमा पनि यस्ता खालका सहयोग निरन्तर गर्ने प्रतिवद्धता जनाउनुभयो ।

    पोसाक वितरण गरि रचनात्मक कार्यको थालनी गरेको भन्दै बिद्यालयका प्रध्यानाध्यापक मुक्ति प्रसाद पोख्रेलले जनप्रिय युवा क्लबलाई धन्यवाद दिनुभयो । विद्यालयमा युवास्तरबाट भएको यस्तो खालकको सहयोगले बिद्यार्थीको पढाइका साथै विद्यालयको शैक्षिक गुणस्तरमा समेत थप टेवा पुग्ने बताउनुभयो । न्यानो कपडा पाएपछि बिद्यार्थी खुसी भएका छन् ।

    क्लबका अध्यक्ष तारा घर्तिमगरको अध्यक्षतामा भएको कार्यक्रममाबिधालय ब्यबस्थापन समितिका अध्यक्ष योगेन्द्र जिसी, प्रधानाध्यापक मुक्ति पोख्रेल लगायत क्लवका सदस्य राम प्रसाद पौडेल लगायतको उपस्थिति रहेको थियो ।



    mandavionline mandavionline    
  • ११ माघ २०८१ शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP