प्युठान, झिमरुक गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक स्वीकृत कार्यक्रमअन्तर्गत अनौपचारिक क्षेत्रमा रहेका श्रमिकहरूका लागि सामाजिक सुरक्षा (किसान पेन्सन) कार्यक्रम सुरु गरेको छ।
यस कार्यक्रमअन्तर्गत पेन्सन प्राप्त गर्न योग्य अगुवा कृषक लोक प्रसाद श्रेष्ठलाई आज किसान पेन्सन कार्यक्रमको पत्र प्रदान गरिएको छ। गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले एक कार्यक्रमका बीच श्रेष्ठलाई उक्त पत्र हस्तान्तरण गर्नुभयो। गाउँपालिकाले यस आर्थिक वर्षमा थप पाँच जना किसानलाई यस कार्यक्रममा समावेश गरेको छ। पेन्सन प्राप्त गर्ने अन्य किसानहरूमा झिमरुक-१ का केशर बहादुर बस्नेत,झिमरुक-४ का प्रेम बहादुर पुन, झिमरुक-४ का नारायण बहादुर जि.सी, झिमरुक-७ का नारायण प्रसाद न्यौपाने र झिमरुक-१ का संकर प्रसाद पोख्रेल रहेका छन्।
यो कार्यक्रमले अनौपचारिक क्षेत्रमा कार्यरत कृषकहरूलाई सामाजिक सुरक्षाको दायरामा ल्याई उनीहरूको जीवनयापनमा सहयोग पुर्याउने विश्वास लिइएको छ। गाउँपालिका अध्यक्ष महतरा क्षेत्रीले किसान पेन्सन कार्यक्रमले कृषकहरूको जीवनमा सकारात्मक प्रभाव पार्ने र उनीहरूलाई थप प्रोत्साहन मिल्ने बताउनुभयो।
प्रतिक्रिया