प्यूठानमा चालु आर्थिक बर्षको ५ महिनामा २२ जनाले आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय प्यूठानका अनुसार गएको साउन यता मसिंरसम्ममा २२ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख प्रहरी नायव उपरिक्षक दिपेश बश्यालले जानकारी दिनुभयो ।
आत्महत्या रोकथाम तथा न्यूनिकरण सम्वन्धी अन्तरकृया कार्यक्रमका क्रममा प्रहरी नायव उपरिक्षक बश्यालले प्यूठान जिल्लाको त्रि बर्षिय आत्महत्याको अवस्था हेर्दा बर्षेनी आत्महत्या गर्नेको संख्या बढ्दै गएको बताउनु भयो । आर्थिक बर्ष २०७९÷०८० मा ७४, आ.व. ०८०÷०८१ मा ७९ जनाले आत्महत्या गरेको र चालु आर्थिक बर्षको साउन यता २२ जनाले आत्महत्या गरेको जानकारी दिनुभयो । आत्महत्या गर्नेमा सबैभन्दा धेरै प्यूठान नगरपालिकामा दुइ आर्थिक बर्ष र चालु आ.व. को पाच महिनामा गरी ५४ जना, स्वर्गद्धारी नगरपालिकामा २४, ऐरावती गाउँपालिकामा १०,सरुमारानी गाउँपालिकामा १०, माण्डवी गाउँपालिकामा ८, मल्लरानी गाउँपालिकामा १०, नौबहिनी गाउँपालिकामा १८, झिमरुक गाउँपालिकामा २३ र गौमुखी गाउँपालिकामा १६ जना गरी १ सय ७५ जनाले आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमा ६ बर्ष मुनिका ११ जना, १८ बर्ष मुनिका ३१ जना,१८ देखी ४० बर्ष उमेर समुहका ६६, ४१ देखी ६० बर्ष उमेर समुहका ५२, र ६१ बर्ष भन्दा माथीका १५ जना रहेको जिल्ला प्रहरी कार्यालय प्यूठानको तथ्याकंमा छ ।
प्रतिक्रिया