logo

  • २८ बैशाख २०८२, आईतवार | Sun, 11 May 2025

  •      Listen Radio Live

    पकेट क्षेत्र निर्धारणमा जोड दिन प्यूठानका स्थानिय तहलाइ जोनको आग्रह

    पकेट क्षेत्र निर्धारणमा जोड दिन प्यूठानका स्थानिय तहलाइ जोनको आग्रह

    प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना परियोजना कार्यान्वयन एकाइ प्यूठानको आयोजनामा पकेट विकास कार्यक्रम कार्यान्वयन सम्वन्धी अभिमुखीकरण कार्यक्रम आज जिल्ला समन्वय समितिको सभाहल खलंगामा सम्पन्न गरेको छ । परियोजना कार्यान्वयन एकाई प्रमुख चुमान गिरीको अध्यक्षतामा आयोजित अभिमुखीकरणमा जिल्ला समन्वय समिति प्रमुख धरमबहादुर जिशीले परियोजनाले कृषि क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएको बताउनुभयो । पकेट क्षेत्र निर्धारण गरि कामगर्दा त्यसबाट प्रतिफल बढि लिन सकिने र बजारीकरणमा पनि सहयोग पुग्ने बताउनु भयो ।

    यस्तै प्यूठान नगरपालिका नगर प्रमुख विष्णुबहादुर योगीले नगरपालिकाले कृषि क्षेत्रको विकासका लागि विभिन्न नमुना कार्यक्रम लिएको र त्यसको परिणाम देखिन अझै समय लाग्ने बताउनुभयको छ । कार्यक्रममा बोल्दै मेयर योगीले नगरपालिकामा अदुवा र बेसार पकेट कार्यक्रम सुरु भएको र यसका लागी क्षेत्र निर्धारण गरेर काम भैरहेको जानकारी दिनुभयो । नगरपालिकाले नगरभित्रका सबै वडालाई उत्पादनका आधारमा पकेट क्षेत्र निर्धारण गरिरहेको बताउनु भयो । अभिमुखीकरणमा मल्लरानी गाउँपालिका अध्यक्ष कृष्णबहादुर खडका र ऐरावती गाउँपालिकाका उपाध्यक्ष कृष्णप्रसाद श्रेष्ठले पनि कृषि क्षेत्रको विकासमा परियोजनाले महत्वपूर्ण सहयोग पु¥याएको र यसमा स्थानिय तहहरुले सहकार्य गरेको बताउनु भएको छ । मल्लरानी गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर खड्काले मल्लरानी गाउँपालिकामा उत्पादनको आधारमा अनुदान कार्यक्रम सुरु भैसकेको, आलु, अदुवा र बेसार पकेट कार्यक्रम भैरहेको जानकारी दिनुभयो । किसानलाइ निर्वाहमुखी कृषिबाट ब्यवसायीक बनाउन पकेट कार्यक्रम फलदायी भएको उहाको भनाइ थियो ।

    अभिमुखीकरणमा प्यूठान जिल्लाका स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत, कृषि शाखाका प्रमुख प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना धान जोन तथा तरकारी जोनका संयोजक लगायत कृषिसँग सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो । परियोजना अन्तर्गत चालु आर्थिक वर्षका लागि प्यूठान जिल्लामा आठ वटा स्थानीय तहमा नौ वटा पकेट विकास कार्यक्रम सञ्चालन हुँदैछ ।

    अभिमुखीकरणमा प्रस्तुतीकरण गर्दै परियोजना कार्यान्वयन एकाई प्रमुख गिरीले पकेट विकास कार्यक्रम सञ्चालन गर्दा अपनाउनुपर्ने प्रक्रिया, आउने चुनौति तथा अवसर बारे प्रस्ट पार्नुभएको थियो ।



    mandavionline mandavionline    
  • ५ मंसिर २०८१ बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP