logo
  • २७ माघ २०८१, आईतवार | Sun, 09 Feb 2025

  •      Listen Radio Live

    प्यूठानमा पहिलो पटक भित्री रुटमा चल्ने सार्वजनिक सवारीको भाडादर निर्धारण

    प्यूठानमा पहिलो पटक भित्री रुटमा चल्ने सार्वजनिक सवारीको भाडादर निर्धारण

    शम्सेर बिक्रम जि.सी -प्यूठान
    प्यूठानमा पहिलो पटक भित्रि रुटमा चल्ले सवारीसाधनको भाडादर कायम गरिएको छ । जिल्ला समन्वय समिती प्यूठानमा आज बसेको बैठकले जिल्लाको भित्री रुटमा चल्ले सार्वजनिक सवारीसाधनको भाडादर कायम गरेको हो । जिल्ला समन्वय समितीका प्रमुखको संयोजकत्वमा यातायात ब्यवसायी, यातायात कार्यालयका प्रतिनिधी तथा सरोकारवालाका बिचमा भएको छलफल र सहमती पछि जिल्लाको सबैखाले सडकखण्डमा चल्ने सार्वजनिक सवारीसाधनको भाडादर कायम गरिएको हो ।
    जिल्ला समन्वय समिती प्यूठानका प्रमुख धरम बहादुर जि.सी. का अनुसार पक्की सडक, ग्राभेल र कच्ची सडक गरी सडकलाइ तिन भागमा बर्गिकरण गरेर भाडादर निर्धारण गरिएको हो । निर्धारण गरिएको भाडादरमा अब सानो सवारीसाधन जीपले पक्की सडकमा प्रतिकिलोमिटर ८ रुपैया ग्राभेल सडकमा ११ रुपैया तथा कच्ची सडकमा प्रतिकिलोमिटर १४ रुपैया भाडा लिन पाउने छन् । यस्तै ठुला सवारी बसहरुले पक्की सडकमा प्रतिकिलोमिटर ६ रुपैया, ग्राबेल सडकमा ८ रुपैया र कच्ची सडकमा प्रतिकिलोमिटर १० रुपैया भाडा लिन पाउने निर्णय भएको जिल्ला भाडादर निर्धारण समितीका संयोजक तथा जिल्ला समन्वय समिती प्यूठानका प्रमुख धरम बहादुर जि.सीले जानकारी दिनुभयो ।
    राष्ट्रिय लोकमार्गका हकमा भने प्रचलित कानुन अनुसारकै भाडादर कायम हुने पनि जानकारी दिनुभयो ।
    नयाँ भाडादर कायम भएसंगै जिल्लामा हालको भाडादरमा केहि हेरफेर भएको छ । पहिलेको तुलनामा जिल्लामा सार्वजनिक सवारीसाधनको भाडादर तुलनात्मक रुपमा घट्ने नमस्ते गौमुखी यातायात सेवा प्रा.ली का अध्यक्ष लिलाप के.सी ले जानकारी दिनुभयो ।
    हाल बाग्दुला–मच्छी १२ किलोमिटर सडकखण्डमा चल्ने सवारीसाधनले १३० रुपैया भाडा लिदै आएकोमा अब ९६ रुपैया भाडा लाग्ने छ । सबैभन्दा धेरै भाडा लाग्ने बाग्दुला–स्याउलीवाङ ३४ किलोमिटर सडकखण्डमा अब यात्रुले जीपमा यात्रा गर्दा ४ सय २८ रुपैया मात्रै भाडा तिर्नुपर्ने छ । पहिले बाग्दुला देखी स्याउलीवाङ ३४ किलोमिटर सडकखण्डमा यात्रा गर्दा ७ सय २० रुपैया भाडा तिर्नुपर्ने बाध्यता थियो ।



    mandavionline mandavionline    
  • २९ पुष २०८१ सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP