logo

  • १५ कार्तिक २०८३, शनिबार | Sat, 31 Oct 2026

  •      Listen Radio Live

    सञ्चारकर्मीमाथि भएको व्यवहारको छानबिन गरी दोषीमाथि कारबाही गर्न रास्वपाको निर्देशन

    सञ्चारकर्मीमाथि भएको व्यवहारको छानबिन गरी दोषीमाथि कारबाही गर्न रास्वपाको निर्देशन

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले पत्रकार सञ्चारकर्मीमाथि समाचारका विषयलाई लिएर सोधपुछ तथा समाचार कक्षमा प्रहरी प्रवेश गरी भएका गतिविधिको छानबिन गरी दोषीलाई यथाशीघ्र कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ ।

    पार्टी मुख्यालयमा आज सम्पन्न सचिवालय बैठकले प्रेस स्वतन्त्रता विरोधी गतिविधिमा संलग्नमाथि कुनै सम्झौता नगरी कारबाही गर्न सरकारलाई निर्देशन दिएको प्रवक्ता जगदीश खरेललले जानकारी दिनुभयो ।

    “पत्रकार तथा सञ्चारकर्मीमाथि सोधपुछ वा पक्राउ गर्ने काम भयो, समाचार कक्षमा पुगे जे–जस्ता क्रियाकलाप भए, यो किन र कसरी भयो, कसले गर्‍र्यो, यो विषयमा छानबिन गर्न र दोषीलाई कारबाहीको दायरामा ल्याउन बैठकले सरकारलाई निर्देशन दिएको छ”, उहाँले भन्नुभयो ।

    बैठकले त्यस्ता गतिविधि गर्नेमाथि हुने कारबाहीको सन्दर्भमा कुनै सम्झौता र ढिलासुस्ती नगर्न सरकारको ध्यानाकर्षण गराएको छ । “राष्ट्रिय स्वतन्त्र पार्टी मौलिक अधिकारका रूपमा रहेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, विधिको शासन र मानव अधिकारको सम्मान गर्दछ”, बैठकपछि प्रवक्ता खरेलले भन्नुभयो, “प्रेस स्वतन्त्रताको सन्दर्भमा रास्वपा कहिल्यै कोहीसँग पनि सम्झौता गर्दैन ।”

    बैठकले प्रेस स्वतन्त्रताप्रतिको प्रतिबद्धता सुनिश्चित गर्न पनि सरकारलाई निर्देशन दिएको छ । “अबका दिनमा प्रेस स्वतन्त्रता हननका घटना अथवा पत्रकार धरपकटका घटना अथवा समाचार लेखेकै आधारमा समाचारकै विषयमा कुनै पनि सञ्चारमाध्यम, प्रकाशक अथवा प्रसारक अथवा सञ्चारकर्मी पत्रकारले यो खालको स्थिति भोग्नु हुँदैन भन्नेमा रास्वपा स्पष्ट छ”, प्रवक्ता खरेलले भन्नुभयो ।



    mandavionline mandavionline    
  • १५ कार्तिक २०८३ शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP