logo

  • ८ आश्विन २०८३, बिहीबार | Thu, 24 Sep 2026

  •      Listen Radio Live

    भारी वर्षालाई लक्षित गर्दै प्रमुख राजमार्गमा राति सवारी चलाउन रोक

    भारी वर्षालाई लक्षित गर्दै प्रमुख राजमार्गमा राति सवारी चलाउन रोक

    काठमाडौँ । नेपाल प्रहरीले यही असोज ९ देखि ११ गतेसम्म विभिन्न स्थानमा भारी वर्षा हुनसक्ने सम्भावनालाई लक्षित विभिन्न राजमार्गमा रात्रि समयमा सवारीसाधन सञ्चालनमा रोक लगाएको छ । प्रहरी प्रधान कार्यालयले आज दिउँसो सार्वजनिक गरेको सूचनाअनुसार पृथ्वीराजमार्गसहित विभिन्न राजमार्गमा रातको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको जनाएको छ ।

    पृथ्वीराजमार्ग भएर सञ्चालन हुने सवारीसाधन पनि आज बेलुका ८ः०० बजेदेखि बिहान ५ः०० बजेसम्म आवागमनमा पूर्ण रोक लगाइएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार देशभर मनसुन भइरहेकाले सिद्धिचरण लोकमार्गमा आजदेखि असोज १२ गतेसम्म बेलुकी ६ः०० देखि विहान ६ः०० बजेसम्म अत्यावश्यक बाहेकका सम्पूर्ण सवारीसाधन तथा पैदलयात्रीको रात्रिकालीन आवतजावत पूर्ण रूपमा रोक लगाइएको जनाएको छ ।

    मकवानपुर जिल्लाका कान्ति राजमार्ग, भैँसे-भीमफेदी देउराली कुलेखानी हुँदै काठमाडौँ आउने सडक पनि बेलुका ७ः०० देखि सवारी आवागमन पूर्ण रुपमा रोक लगाइएको छ । त्यसैगरी बिपी राजमार्ग पनि बेलुकी ५ः०० देखि बिहान ५ः०० बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । साथै नारायणगढ-मुग्लिन सडकखण्डमा पनि आज बेलुका ८ः०० देखि भोलि बिहान ५ः०० बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।



    mandavionline mandavionline    
  • ८ आश्विन २०८३ बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP