मल्लरानी गाउँपालिका वडा नं. १ र वडा नं ५ ले वडाको सेवा बिस्तार गर्ने भएका छन् । गाउँपालिकाको कार्यपालिका बैठकले वडा नं १ को सोलहाल्ना र वडा नं ५ को जोरपोखरीबाट वडाको सेवा प्रवाह गर्नेगरी निर्णय गरेको मल्लरानी गाउँपालिकाका उपाध्यक्ष रमेश कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
वडा कार्यालय पाएकमा नहुदा सेवा लिन आउने सेवाग्राहिलाई असहज भएपछि वडाको सेवा बिस्तार गर्ने निर्णय भएको उहाको भनाइ छ । वडा नं ५ ले जोरपोखरीबाट हरेक सोमबार सेवा दिन सुरु गरिसकेको र वडा नं १ मा पनि छिटै सेवा प्रवाह सुरु गर्नेगरी तयारी भैरहेको जानकारी दिनुभयो ।
सोमबार वडा नं ५ ले जोरपोखरीबाट सेवा प्रवाह सुरु गरेको मल्लरानी गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष गोपाल थापाले बताउनु भयो । कुमिकोटमा रहेको वडा कार्यालयमा जोरपोखरी, रिट्ठेखर्क लगाएतका बस्तीका सेवाग्राहिलाई आउन १ देखी साढे दुइघण्टासम्म समय खर्चनुपर्ने बाध्यतालाइ मध्येनजर गर्दै वडाको सेवा बिस्तार गरिएको वडा अध्यक्ष थापाले बताउनु भयो ।
अन्य दिन वडा कार्यालय कुमिकोटबाट वडाको सेवा प्रवाह हुन्छ भने सोमबार जोरपोखरीबाट वडाका सम्पुर्ण काम गर्नेगरी सेवा दिन सुरु गरिएको बताउनु भयो ।
प्रतिक्रिया