logo

  • १२ भाद्र २०८३, शुक्रबार | Fri, 28 Aug 2026

  •      Listen Radio Live

    भोटेकोशी बाढीपीडितका लागि नेपाली कांग्रेस गौमुखीको ५० हजार सहयोग

    भोटेकोशी बाढीपीडितका लागि नेपाली कांग्रेस गौमुखीको ५० हजार सहयोग

    नेपाली कांग्रेस गौमुखी गाउँपालिकाले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि ५० हजार रुपैयाँ सहयोग गरेको छ।

    भोटेकोशी नदीमा आएको बाढीका कारण ठूलो जनधनको क्षति भएपछि पीडित परिवारको राहत र पुनःस्थापनामा सहयोग पु¥याउने उद्देश्यले नेपाली कांग्रेस गौमुखी गाउँपालिकाले सहयोग संकलन अभियान सञ्चालन गरेको थियो। अभियानमा पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूले स्वेच्छिक रूपमा आर्थिक सहयोग गरेका थिए।

    सहयोग अभियानबाट ५० हजार रुपैयाँ संकलन भएको नेपाली कांग्रेस गौमुखी गाउँपालिका सभापती मधुराम केसीले जानकारी दिनुभयो । संकलित रकम प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरिएको छ।

    विपद्को समयमा पीडित परिवारलाई राहत उपलब्ध गराउनुका साथै उनीहरूको पुनःस्थापनामा सहयोग पु¥याउने उद्देश्यले अभियान सञ्चालन गरिएको कांग्रेस गौमुखीले जनाएको छ। अभियानमा सहभागी सबै सहयोगदाताप्रति कांग्रेस गौमुखीले धन्यवाद तथा आभारसमेत व्यक्त गरेको छ।

    बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकलाई राज्यसँगै राजनीतिक दल, संघसंस्था र नागरिकस्तरबाट समेत सहयोग आवश्यक रहेको भन्दै कांग्रेसले आगामी दिनमा पनि मानवीय सहयोगका कार्यलाई निरन्तरता दिने जनाएको छ।



    mandavionline mandavionline    
  • १२ भाद्र २०८३ शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP