logo
  • २७ माघ २०८१, आईतवार | Sun, 09 Feb 2025

  •      Listen Radio Live

    युवा साहित्यकार सुमन सुवेदीको कविता सङ्ग्रह अगुल्टो विमोचन

    युवा साहित्यकार सुमन सुवेदीको कविता सङ्ग्रह अगुल्टो विमोचन

    प्यूठान । युवा साहित्यकार सुमन सुवेदीको कविता सङ्ग्रह अगुल्टो विमोचन भएको छ । शहिद दिवसको अवसरमा प्यूठान नगरपालिका–७ शहिद पार्कमा आज एक कार्यक्रमका बीच कविता सङ्ग्रह विमोचन गरिएको हो । उक्त सङ्ग्रहमा साहित्यकार सुवेदीका ५२ वटा कविता रहेका छन् । प्यूठान नगरपालिका–४ टारी निवासी सुवेदीले उक्त कृतिले विभेद, अत्याचार, शोषण, दमन र विकृतिका विरुद्ध समाजमा जागरण ल्याउन मद्धत पुग्ने अपेक्षा गर्नुभएको छ ।

    साहित्य परिषद प्यूठानले आयोजना गरेको कार्यक्रमका सहभागीले युवा साहित्यकार सुवेदीले समाजमा रहेका अन्याय, अत्याचार, भ्रष्टाचारको विरुद्धमा निरन्तर आवाज उठाइरहेको बताए । उनीहरुले समाजलाई सहि दिशामा अघि बढाउन साहित्य सृजनाले समेत सहयोग गर्ने विश्वास व्यक्त गरे । जिल्लामा पछिल्लो समय साहित्यिक कृति प्रकाशन हुने क्रम बढ्दै गएको बत्ताहरुको भनाई छ ।

     

    साहित्य परिषद प्यूठानका कार्यबाहक अध्यक्ष विमला खनालको अध्यक्षतामा भएको कार्यक्रममा शहिद पार्क निर्माण समितिका अध्यक्ष ज्ञामुराम न्यौपानेको प्रमुख आतिथ्यता रहेको थियो । स्वागत साहित्य परिषद प्यूठानका कोषाध्यक्ष राजकुमारी कुवर र सञ्चालन सचिव ध्रुव गिरीले गर्नुभएको थियो । शहिद दिवसको अवसरमा कविता बाचन तथा रक्तदान कार्यक्रम समेत गरिएको थियो ।



    mandavionline mandavionline    
  • १६ माघ २०८१ बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP