रविन विश्वकर्मा,प्युठान । प्युठान नगरपालिकाका प्रमुख बिष्णु बहादुर योगीले बिद्यार्थीलाई न्यानो पोसाक बितरण गर्नु भएको छ । प्युठान नगरपालिका – ५ स्थित ज्ञानज्योति प्राथमिक बिधालय पातलकटेरीका १४३ जना बिद्यार्थीलाई आज विद्यालयमै पुगेर पोसाक बितरण गर्नु भएको हो । नगरपालिकाको मेयर कोष मार्फत विद्यालयको बाल बिकास देखि कक्षा ५ सम्म अध्ययनरत रहेका सबै बिद्यार्थीहरुलाई न्यानो पोसाक ट्रयाक सुट वितरण गरेको नगर प्रमुख बिष्णु बहादुर योगीले बताउनुभयो । आर्थिक अवस्था कमजोर भई चिसोको समयमा न्यायो कपडाको अभावमा नियमित बिद्यालय जान नसकेका गरिब, बिपन्न, अशक्त, असहाय, जेहेन्दार तथा विद्यालयका सबै बिद्यार्थीहरुलाई मध्येनजर गदै पोसाक वितरण गरिएको बताउनुभयो ।
प्युठान नगरपालिकाले कार्यविधि बनाएर बजेट विनियोजनको समयमा मेयर कोष र उपेयर कोषमा बजेट विनियोजन गर्ने गरेको छ । सोहि कोष मार्फत सामाजिक उत्तरदायित्व अन्तर्गत नगरपालिकाका १० वटै वडाका विभिन्न स्थानमा तत्कालै सम्बोधन गनुपर्ने दुखि, गरिब, बिपन्न, अशक्त, असहाय परिवारका ब्यक्तिहरुलाई खाद्यान्न, उपचार सहयोग, निशुल्क एम्बुलेन्स सेवा,शैक्षिक सामाग्री वितरण लगायतका अन्य महत्वपुर्ण कार्य गदै आएको नगर प्रमुख योगीले जानकारी दिनुभयो । साथै योगीले पछिल्लो समयमा बिभिन्न ब्यक्तिहरुलाई ब्यक्तिगतरुपमा पनि सहयोगमा गदै आउनु भएको छ ।
कार्यक्रममा बोल्दै प्युठान नगरपालिकाका प्रवक्ता तथा ३ नंम्बर वडा अध्यक्ष सुमनराज श्रेष्ठले राज्यले निशुल्क सर्वशुलभ शिक्षाको ब्यवस्था भने पनि पुर्ण रुपमा कार्यान्वयन हुन नसकेको अवस्थामा न्यानो पोसाक नभएर नियमित विद्यालय जान नसकेका तथा एक सरो पातलो कपडामा विद्यालय जाने अवस्थाका विद्यार्थीहरुलाई कपडा प्रदान गरि नगरपालिकाले अभिभावकको भुमिका निभाएको बताउनुभयो ।
विद्यालयमा अध्ययनरत बिद्यार्थीको लागि न्यानो कपडा वितरण गरि नगरपालिकाले रचनात्मक कार्यको थालनी गरेको भन्दै बिद्यालयका प्रध्यानाध्यापक पुष्पा अधिकारीले धन्यवाद दिनुभयो । स्थानिय तहबाट भएको यस्तो खालको सहयोगले बिद्यार्थीको पढाइका साथै विद्यालयको शैक्षिक गुणस्तरमा समेत थप टेवा पुग्ने विश्वास ब्यक्त गर्नुधयो । बताउनुभयो । जाडोको समयमा न्यानो कपडा पाएपछि अभिभावक तथा बिद्यार्थी खुसी भएका छन् ।
पोसाक वितरण कार्यक्रममा विद्यलय ब्यवस्थापन समितिका अध्यक्ष चुडामणि थापा, प्रध्यानाध्यापक पुष्पा अधिकारी, ५ नम्बर वडा अध्यक्ष नन्दराम पुन,लगायतका जनप्रतिनिधि,अभिभावकहरुको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया