logo
  • २७ माघ २०८१, आईतवार | Sun, 09 Feb 2025

  •      Listen Radio Live

    नौबहिनीले आफ्नै पालिका गान बनाउने, गान तयार गर्न आह्वान

    नौबहिनीले आफ्नै पालिका गान बनाउने, गान तयार गर्न आह्वान

    रविन विश्वकर्मा, प्युठान । प्युठानको नौबहिनी गाउँपालिकाले आफ्नै पालिका गान तयार गर्ने भएको छ । गाउँपालिकाले पालिका गान तयार गर्नको लागि सार्वजनिक सूचना जारी गरी आह्वान गरेको छ । पुष २६ गते बसेको पालिकाको गाउँ कार्यपालिका बैठकले आफ्नै पालिका गान तयार गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत शिवराज पौडेलले जानकारी दिनुभयो ।

    पालिकाको सामाजिक, आर्थिक, भौगोलिक, धार्मिक ऐतिहासिक, भाषिक, साँस्कृतिक तथा पर्यटकीय मौलिक विशिष्टता झल्किने गरी पालिका गान तयार गर्न खुला रुपमा आह्वान गरिएको बताउनुभयो । पालिका गान घटीमा ४० शब्द र बढीमा ६० शब्दमा समेटिने गरी नौबहिनी गाउँपालिकाको मौलिक विशिष्टता झल्कने खालको हुनुपर्ने प्रमुख प्रशासकीय पौडेलले बताउनुभयो । गानमा प्रयोग भएका शब्दहरूको संक्षिप्त व्याख्या गर्नुपर्ने उहाँको भनाइ छ ।

    पालिका गान तयार गर्दा कुनै पनि जातिय विभेद, साम्प्रदायिकता, सार्वभौमिकता, राष्ट्रिय एकता र अखण्डतामा आँच आउने संकेत अथवा शब्द प्रयोग गर्न नपाईने जारी सुचनामा उल्लेख छ । १ महिना भित्र अर्थात फागुन ३ गते सम्म पालिका गान तयार गरी सिलबन्दी खाम पेश गाउँपालिकाले आग्रह गरेको छ । उत्कृष्ट पालिका गान तयार गर्ने रचनाकारले नगद ३० हजार रुपियाँ पुरस्कार पाउने छन् । नौबहिनी गाउँपालिकाले यसअघि पालिकाको मौलिक विशिष्टता झल्किने गरी आफ्नै लोगो समेत तयार गरेको छ ।



    mandavionline mandavionline    
  • ३ माघ २०८१ बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP