रविन विश्वकर्मा, प्यूठान । अपाङ्गता भएका व्यक्तिहरूले संविधान कार्यान्वयनको पक्ष फितलो हुँदा सेवा लिनबाट वञ्चित भएको गुनासो गरेका छन् । स्काउट शान्ति तथा सुरक्षा समूह लुम्बिनी प्रदेशले मंगलबार जुम्रीमा आयोजना गरेको अपाङ्गता भएका व्यक्तिहरूको आवश्यकता बहस कार्यक्रममा बोल्दै यस्तो बताएका हुन । नेपालको संविधानले अपाङ्गता भएका व्यक्तिहरूको लागि बिभिन्न मौलिक हकको ब्यवस्था गरे पनि त्यसको पुर्ण कार्यान्वयन हुन नसकेको बताएका हुन् । संविधानले अधारभुत तहदेखि माथिल्लो तहसम्म निशुल्क शिक्षाको ब्यवस्था, अपांग मैत्री भौतिक संरचना, यातायातका साधनमा केही छुट सहित अपांग मैत्री सिटको ब्यवस्था गर्ने उल्लेख पनि त्यो ब्यवहारमा लागु नभएको बताएका छन् । अधिकांश बिद्यालय, अस्पताल तथा बिभिन्न कार्यालय अपांग मैत्री नहुँदा सेवा लिन जाँदा समस्या भएको उनीहरुको भनाइ छ ।
कार्यक्रममा बोल्दै लुम्बनी प्रदेश सभा सदस्य तुल्सिराम शर्माले अपाङ्गता भएका व्यक्तिहरूको सवालमा राज्य थप गम्भिर हुनुपर्ने बताउनुभयो । शर्माले अपाङ्गता भएका व्यक्तिहरुले भोग्नु परेको समस्या तथा आवश्यकताहरुको पहिचान गदै राज्यले सोही अनुसारको निति तथा कार्यक्रम अगाडि बढाउनुपर्ने बताउनुभयो । राज्यले केहि मात्रामा भत्ता उपलब्ध गराउदैमा उनीहरुको आवश्यकता पुरा नहुने उहाँको भनाइ छ । शिक्षामा जोड दिदै उनीहरुको शारिरीक अवस्था तथा मनोबैज्ञानिक भावना बुझेर स्वाबलम्बी सिप, क्षमता अभिवद्धि तालिकाको ब्यवस्था गदै सशक्तिकरण जोड दिनुपर्ने आवश्यकता औंल्याउनुभयो ।
प्यूठान नगरपालिकाका प्रमुख बिष्णु बहादुर योगीले अपाङ्गता भएका व्यक्तिहरूको सशक्तिकरणमा जोड दिएको बताउनुभयो । उनीहरुको हक अधिकार संरक्षण गर्न नगरपालिकाको निति तथा कार्यक्रममा समावेश गदै अपांगमैत्री संरचना, सिपमुलक तालिम तथा क्षमता अभिवद्धि लगायतका कार्यक्रम संञ्चालन गरेको बताउनुभयो । नगरपालिकाले १० वटै वडामा अपाङ्गता भएका ब्यक्तिहरुको डिजिटल प्रोफाइल तयार गर्न काम अगाडि बढाएको बताउनुभयो । सबै वडामा डिजिटल प्रोफाइल तयार भैइसेकपछि उनीहरुको ईच्छा चाहाना तथा आवश्यकता अनुसारको कार्यक्रम संञ्चालन गर्ने योजना रहेको योगीको भनाइ छ ।
यस्तै कार्यक्रममा बोल्दै अपांग सेवा संघ प्यूठानका पूर्व अध्यक्ष तथा लुम्बिनी प्रदेश अपांग महासंघ सचिवालय सदस्य जुमान सिंह केसीले धेरै ऐन, कानुन बने पनि कार्यान्वयन नहुँदा समस्या उत्पन्न भैइरहेको बताउनुभयो । अपांग मैत्री संरचना, हक अधिकार संरक्षणका लागि स्थानिय तह, प्रदेश हुदै केन्द्र सम्म निरन्तर आवाज उठाएको बताउनुभयो ।
बहस मार्फत अपांगता भएका ब्यक्तिहरुको समस्या पहिचान गरि समाधानको लागि सम्बन्धित निकायमा पु¥याउन कार्यक्रमको आयोजना गरेको लुम्बिनी प्रदेश समिति सदस्य हरि प्रसाद घिमिरेले बताउनुभयो । नेपाल स्काउटले Finland– Nepal Peace Education Partnership 2250 Discussion Event अन्तरगत ७ वटा प्रदेशमा लागु पदार्थ दुब्यर्शनी, लैगिक हिंसा, जलवायु परिवर्तन, धार्मिक संवाद लगायतका अन्य बिभिन्न विषयमा ७० वटा कार्यक्रम संञ्चालन गर्ने बताउनुभयो । बहसमा उठेका सरोकार विषयको प्रतिवेदन सन् २०२५ सम्म युवा तथा खेलकुद मन्त्रालयमा पेश गर्र्ने उदेश्य लिएको बताउनुभयो । कार्यक्रममा स्काउट मास्टर,रोभर/ रेन्जर स्काउट र गैर स्काउट, फरक क्षमता भएका ब्यक्तिहरुको सहभागिता रहेको थियो ।
प्रतिक्रिया