logo
  • २७ माघ २०८१, आईतवार | Sun, 09 Feb 2025

  •      Listen Radio Live

    भोलि देखि भालुबाङ्ग प्युठान सडक दैनिक साढे ५ घण्टा बन्द हुने

    भोलि देखि भालुबाङ्ग प्युठान सडक दैनिक साढे ५ घण्टा बन्द हुने

    रविन विश्वकर्मा,प्युठान । भालुबाङ्ग प्युठान सडक खण्ड भोलि शुक्रबार देखि १५ दिनसम्म बन्द हुने भएको छ । बड्डाडा–देविस्थान सडकमा पर्ने गर्जेनी,जामुनेडाँडाको सडक निर्माण गर्न थालिएकाले दैनिक साढे ५ घण्टा बन्द हुने सडक डिभिजन प्यूठानले जनाएको छ । कार्यालयले आज एक सुचना जारी गदै भोलि माघ ४ गतेदेखि माघ १९ गतेसम्म दैनिक साढे ५ घण्टा निश्चित समय तोकेर सवारी साधनको आवतजावत बन्द गरिएको जनाएको हो ।

    कार्यालयका अनुसार बड्डाडा–देविस्थान खण्ड बिहान १० बजेदेखि दिउँसो १२ः ०० बजेसम्म र दिउँसो १ः०० बजेदेखि सांझ ३ : ३० बजेसम्म सडक बन्द हुनेछ । अरु समय सडक खुला हुने छ । अत्यावश्यक सवारी साधनहरुलाई जुनसुकै समयमा चल्न दिने गरी ब्यवस्था मिलाइएको कार्यालय प्रमुख बिष्णुदास लामाले जानकारी दिनुभयो । सडक खुल्ने समयलाई मध्येनजर गदै यात्रा गर्न सडक डिभिजन प्यूठानले आग्रह गरेको छ ।



    mandavionline mandavionline    
  • ३ माघ २०८१ बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP