प्यूठान नगरपालिका ३ मा रहेको भानु सामुदायीक सिकाइ केन्द्रको आयोजनामा योग शिक्षा शिविर सुरु भएको छ । योगको ज्ञान सर्वसाधारणसम्म पुर्याउनका लागी भानु सिकाइ केन्द्रको आयोजनामा योग शिक्षा शिविर सुरु गरिएको प्यूठान नगरपालिका वडा नं ३ का वडा अध्यक्ष सुमन श्रेष्ठले जानकारी दिनुभयो । आजदेखी सुरु भएको शिविर तिनदिनसम्म सञ्चालन हुने छ । शिविरमा योगको उपयोगिताका बारेमा जानकारी गराइने छ ।
दुरदराजका नागरीकलाइ पनि योग शिक्षाका बिषयमा जानकारी दिन गाउँ गाउँमा योग शिक्षा सिकाउन शिविरको आयोजना गरिएको अध्यक्ष श्रेष्ठले बताउनु भयो । आरोग्य जीवनका लागी योग भन्ने नाराका साथ भानु सामुदायीक सिकाइ केन्द्रको आयोजना शिविरको आयोजना गरिएको हो ।
प्रतिक्रिया