रविन विश्वर्मा,प्युठान । महेन्द्र माध्यमिक विद्यालय खलंगा प्युठानमा १ लाख बढिको अक्षयकोष स्थापना गरिएको छ । २०५६ सालमा एस.एल.सी दिएका पुर्वविद्यार्थीले लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्रालयले आज विद्यालयमा आयोजना गरेको ‘मेरो विद्यालय, मेरो दायित्व’ अभियानमा एक लाख दुई हजार छपन्न रुपैंयाकोे २०५६ एस.एल.सी ब्याज अक्षयकोष स्थापना गरेका हुन । सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयको छात्रवृत्ती अक्षयकोष अभिवृद्धि गदै विद्यार्थीहरुलाई पढाईमा अभिप्रेरित गर्ने उद्देश्यका साथ कोषको स्थापना गरिएको राजन कक्षपतीले बताउनुभयो । ब्याजका ५३ जना मध्ये सम्पर्कमा रहेका २१ जनाबाट रकम संकलन गरि विद्यालयलाई चेक हस्तान्तरण गरेको बताउनुभयो । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष कुमार श्रेष्ठलाई चेक हस्तान्तरण गरेका हुन् ।
यस्तै मल्लरानी गाउँपालिका ४ की धनलक्ष्मी नगरकोटीले पनि छात्रवृत्ति अक्षकोषको लागि १० हजार एक सय ५१ रुपैंया उपलब्ध गराउनु भएको छ । चेक तथा नगद रकम बुझ्दै अध्यक्ष श्रेष्ठले विद्यालय शैक्षिक क्षेत्रको विकासका लागि पुर्वविद्यार्थी र स्थानीयले गरेको उदाहरणीय कार्यको प्रशंसा गदै धन्यवाद व्यक्त गर्नुभयो। कोषले विद्यार्थीहरुलाई पढाईमा अभिप्रेरित गर्नुका साथै विद्यालयको शैक्षिक विकासमा ठूलो टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । कोषबाट प्राप्त भएको ब्याजबाट विद्यालयमा अध्ययनरत, गरिब, विपन्न, असहाय, जेहेन्दार, विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने विद्यालयका प्रधानाध्यापक विष्णु पौडेलले बताउनुभयो ।
प्रतिक्रिया