रविन विश्वकर्मा, प्यूठान । चाडपर्व नजिकिएसंगै प्युठानमा बजार अनुगमनलाई तिब्र पारिएको छ । चाडपर्व लक्षित गरी जिल्ला प्रशासन कार्यालय, स्थानीय तह तथा विभिन्न सरकारी निकायले बजार अनुगमन तिब्र पारेका छन् । दिनहुजसो हुने बजार अनुगमनका क्रममा बजारमा म्याद गुज्रिएका सामान छ्यापछ्याप्ती भेटिने गरेको छ । बुधबार जिल्लाका मासु, डेरी तथा माछा पसलहरुमा अनुगमान गरिएको छ । एकिकृत कृषि तथा पशुपन्छी विकास कार्यालय प्युठानको आयोजनामा माण्डवी गाउँपालिका र प्यूठान नगरपालिकामा गरिएको अनुगमनबाट ४ हजार बढिको म्याद नाघेका अखाद्य बस्तु बरामद गरिएको छ ।
माण्डवी गाउँपालिका ३ जस्पुर, चकचके, प्यूठान नगरपालिका २ क्वाडि, रातामाटा र प्युठान नगरपालिका ३ जुम्रीका मासु तथा डेरी पसलहरुमा गरिएको अनुगमनबाट ४ हजार १० रुपैंँया बराबरको म्याद नाघेका सामाग्री बरामद गरि नष्ट गरेको एकिकृत कृषि तथा पशुपन्छी विकास कार्यालय प्युठानका पशु विकास अधिकृत तथा सुचना अधिकारी डाक्टर गणेश पुनले जानकारी दिनुभयो । बिभिन्न ७ वटा मासु पसल र २ वटा डेरी पसलहरुमा अनुगमन गर्दा म्याद नाघेका आईसक्रिम, कुल्फि, पेय पदार्थ कोक, सडेको ३ केजी ४ सय ६८ ग्राम मासु भेटिएको बताउनुभयो । सबै भन्दा बढि म्याद नाघेको आईसक्रिम नष्ट गरिएको डाक्टर पुनले बताउनुभयो ।
अनुगमनको क्रममा केहि पसलहरु दर्ता बिना संञ्चालन भएको, साइन बोर्ड तथा मुल्य सुची नराखेको, ब्यवसाय इजाजत तथा दर्ता नविकरण नगरिएको, एउटा प्रकृतिको व्यवसाय दर्ता गरी विभिन्न मासु, होटल, किराना, तथा मदिराका सामान बिक्रीवितरण गदै आएको, पसलमा सरसफाइ नभएको, डिजिटल नाप तौलको प्रयोग नभएको, पसलहरुमा मार्वल तथा टायलको प्रयोग नगरिएको समेत पाइएकाले अनिवार्य रुपमा नेपाल सरकारले तोकेको मापदण्ड अनुसार सबै प्रकृया पुरा गरेर मात्रै पसलहरु संञ्चाल गर्न ब्यवसायीहरुलाई निर्देशन दिएको एकिकृत कृषि तथा पशुपन्छी विकास कार्यालय प्युठानका निमित्त कार्यालय प्रमुख उमेश चन्द्र श्रेष्ठले बताउनुभयो ।
अहिलेको अनुगमनमा ब्यवसायीलाई सबै प्रकृया पूरा गर्न सल्लाह, सुझाब दिएको र अर्काे पटकको अनुगमनमा प्रकृया पूरा नगरेको, आम जनताको स्वास्थ्य माथि खेलवाड गदै म्याद नाघेका बस्तु बिक्रि वितरण गरकोे पाइए जरिवाना गरिने बताउनुभयो । ठुला ब्यापारीहरुबाट नै म्याद नाघेका सामाग्रीहरु बिक्रि वितरण गर्ने गरेको पाइएकाले ब्यवसायी तथा उपभोक्ताहरुलाई सामानको उपभोग मिती हेरेर मात्रै सामान विक्रि वितरण तथा खरिद गर्न निमित्त कार्यालय प्रमुख श्रेष्ठले आग्रह गर्नुभयो । कार्यालयको चालु आर्थिक बर्ष २०८१/ ८२ को बार्षिक स्वीकृत पशुपन्छी तथा मत्स्य नियम कार्यक्रम अन्तर्गत अनुगमन गरिएको हो ।
अनुगमनमा कार्यालयका निमित्त कार्यालय प्रमुख उमेश चन्द्र श्रेष्ठ, ईलाका प्रशासन कार्यालय जस्पुरका प्रमुख मेघ प्रसाद पोख्रेल, घरेलु तथा साना उद्योग कार्यालय, माण्डवी गाउँपालिका र प्यूठान नगरपालिकाका पशु सेवा शाखाका प्रमुख तथा प्रतिनिधि, जिल्ला प्रहरी कार्यालय प्युठानका प्रतिनिधि, पत्रकार, कार्यालयका कर्मचारी लगायतको सहभागिता रहेको थियो ।
प्रतिक्रिया