logo
  • २७ माघ २०८१, आईतवार | Sun, 09 Feb 2025

  •      Listen Radio Live

    तीन सातादेखि अवरुद्ध राहदानी सेवा सुचारु

    तीन सातादेखि अवरुद्ध राहदानी सेवा सुचारु

    रविन विश्वकर्मा, प्युठान । केहि समयदेखि अवरुद्ध भएको राहदानी सेवा सुचारु भएको छ । जिल्लाबाट राहदानीको सेवा पूर्ण रूपमा सुचारु भएको जिल्ला प्रशासन कार्यालय प्युठानले जनाएको छ । मंसिर ६ गतेदेखि राहदानी बिभागको  तथ्याङ्क व्यवस्थापनमा समस्या आइ जिल्लामा अवरुद्ध भएको राहदानीको काम आईतबारदेखि नियमित भइसकेको निमित्त प्रमुख जिल्ला अधिकारी जालन्धर भुसालले जानकारी दिनुभयो ।

    तथ्याङ्क व्यवस्थापनमा उत्पन्न समस्या समाधान भैइसकेकाले अब भने सेवाग्राहीले पहिलेको जस्तै सजिलै सेवा पाउने बताउनुभयो । जिल्ला प्रशासन कार्यालयमा उपस्थित भई सेवा लिन भुसालले आग्रह गर्नुभएको छ । राहदानी वितरणका लागि प्राविधिक समस्या उत्पन्न हुँदा मंसिर ६ गतेदेखि दशैभर राहदानीको काम रोकिएको थियो । तीन सातासम्म राहदानीको काम रोकिँदा सेवाग्राही समस्यामा परेका थिए ।



    mandavionline mandavionline    
  • ३० मंसिर २०८१ आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP