रविन विश्वकर्मा, प्युठान । प्रमुख जिल्ला अधिकारी रमा आचार्य सुवेदीले देशको आर्थिक, सामाजिक विकासमा पत्रकारीता क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताउनु भएको छ । बुधबार जिल्ला प्रशासन कार्यालयले आयोजना गरेको नेपाल पत्रकार महासंघ प्युठानका नव निर्वाचित कार्यसमितिलाई सम्मान तथा बधाई दिदै आर्थिक, सामाजिक विकास संगसंगै सुशासन र पारदर्शीता कायम गर्न पत्रकारीता जगतले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । भ्रष्टाचार, बिभिन्न विकृती, विसंगतीका विरुद्ध पत्रकारीता मार्फत खबरदारी गरी सम्बद्ध निकायलाई जवाफदेही बनाउदै राम्रा काम, असल अभ्यासका बिषयहरुलाई उठान गर्न आग्रह गर्नुभयो ।
प्रमुख जिल्ला अधिकारी आचार्य , प्रहरी नायव उपरीक्षक दिपेस बस्याल, प्रशाकिय अधिकृतहरु जालन्धर भुषाल, सरद गौमतले खादा ओढाइ बधाई ज्ञापन तथा सम्मान गर्नुभएको थियो । परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रममा पत्रकारहरुले जिल्लाको विकास निर्माण, सेवा प्रवाह, कालो बजारी, यातायात, शिक्षा, स्वास्थ्य, बाल विवाह, आत्म हत्या, लगायतका बिभिन्न समसामयिक बिषय बस्तुमाथि देखिएका समस्याहरुको बिषयमा जानकारी गराएका थिए ।
प्रजिअ आचार्य उठेका प्रश्नहरुको जावाफ दिदै पत्रकाहरुले नागरिकका दैनिक जिवन शैलीसंग जोडिएका, बषौ देखि अलपत्र विकास निर्माणका काम, अत्यन्तै आवश्यक बिषयबस्तु माथि सुुसुचित गरे समाजलाई अगाडि बढाउन सकिने बताउनुभयो । मदन भण्डारी राज मार्ग, बाग्दुला मच्छी सडक खण्ड, दम्ती विद्युत सबस्टेशन, भिंगृ जलुके पक्कि पुल निर्माण लगायतका जिल्लामा अलपत्र परेका केहि बिकास निर्माण कामहरु पत्रकार, आम जिल्लाबासी सबैको सहयोगमा अगाडि बढाउन सफल भएको बताउनुभयो । जिल्लामा शान्ति सुरक्षा कायम राख्दै गुणस्तरीय सेवा प्रवाह, कालो बजारी, यातायात, शिक्षा, स्वास्थ्य क्षेत्रमा देखिएका समस्या, बिभिन्न हिंसा, बढ्दो बाल विवाह, आत्म हत्याको समस्या, आगलागी लगायतका बिभिन्न विपदको सामनाको लागि सबै निकायसंग सहकार्य गदै योजना बनाएर अगाडि बढेको बताउनुभयो । जिल्लामा गत बर्ष १ सय ५० ठाउँमा भएको आगलागिको घटनाले बिभिन्न क्षति पु¥र्याएको बताउदै आगलागीको समय सुरु भएकाले यसलाई कम गर्न वडा तथा बस्तीस्तरमा सचेतनामुलक कार्यक्रम संञ्चालन गरी नागरिकलाई सचेत गराउने बताउनुभयो ।
यस्तै जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायव उपरीक्षक दिपेस बस्यालले जिल्ला अदालतबाट बिभिन्न मुद्धाहरुमा दोषि ठहर भइ फरार रहेका ७७ जना मध्ये २१ जना जनालाई पक्राउ गर्न सफल भएको बताउनुभयो । पक्राउ परेका २१ जना मध्ये १३ जना जवरजस्ती करणी, बलत्कारको मुद्धामा दोषी ठहर भएका रहेको बताउनुभयो । प्रहरी नायव उपरीक्षक बस्यालले पछिल्लो समय जिल्लामा आत्म हत्याको दर बढ्दै गएकाले यसलाई न्युनिकरण गर्न स्थानिय तहहरुसंग समन्वय गदै बस्तीस्तरमा सचेतनामुलक कार्यक्रम संञ्चालन गर्ने बताउनुभयो । आत्म हत्या न्युनिकरण सम्बन्धी ३५ जना भन्दा बढि प्रहरीहरुले तालिम लिइसकेको उल्लेख गदै आत्म हत्या न्युनिकरणको लागि वडा स्तरमा गठन गरीएको संञ्जाललाई सकृय बनाउदै अवको केहि दिनमै प्रहरी सतिहको अभियान प्रारम्भ गर्ने तयारी गरेको बताउनुभयो ।
प्रतिक्रिया