logo
  • २७ माघ २०८१, आईतवार | Sun, 09 Feb 2025

  •      Listen Radio Live

    स्वर्गद्धारी गौमुखी यातायात सेवा प्रा.ली.ले प्यूठानदेखी काठमाण्डौ फर्कने यात्रुलाई भाडामा २० प्रतिशत छुट दिने ।

    स्वर्गद्धारी गौमुखी यातायात सेवा प्रा.ली.ले प्यूठानदेखी काठमाण्डौ फर्कने यात्रुलाई भाडामा २० प्रतिशत छुट दिने ।

    शम्सेर बिक्रम जि.सी
    स्वर्गद्धारी गौमुखी यातायात सेवा प्रा.ली.ले दशै पछि काठमाण्डौ फर्कने यात्रुलाई भाडामा २० प्रतिशत छुट दिने निर्णय गरेको छ । प्रा.ली.को सोमबार बसेको बैठकले असोज २७ गतेदेखी कार्तिक २२ गतेसम्म प्यूठानबाट काठमाण्डौ जाने यात्रुलाई भाडामा २० प्रतिशत छुट दिने निर्णय गरिएको प्रा.लीका अध्यक्ष चन्द्रमान श्रेष्ठले जानकारी दिनुभयो । शोमबार जुम्रिमा पत्रकार सम्मेलन गर्दै प्रा.ली. ले दशैमा गाउँ फर्कने यात्रुसंग लिइएको २० प्रतिशत अतिरिक्त शुल्क वापतको रकम यात्रुलाई उपलब्ध गराउने र अन्य यात्रुलाई पनि २० प्रतिशत भाडामा छुट दिने निर्णय भएको उहाले बताउनु भयो ।
    प्रा.लीले प्यूठानदेखी काठमाण्डौसम्म दैनिक एसी र डिलक्स बसहरु सञ्चालन गर्दै आइरहेको छ । स्वर्गद्धारी गौमुखी यातायात सेवा प्रा.ली.ले प्यूठानदेखी काठमाण्डौ जादा हाल डिलक्स गाडीमा १६५० रुपैया र एसी गाडीमा १९४४ रुपैया भाडा तिर्दै आएकोमा दशै पछि डिलक्स गाडीमा १३२० रुपैया र एसी बसमा १५५५ रुपैया भाडा लाग्ने समितीका अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।
    स्वर्गद्धारी गौमुखी यातायात सेवा प्रा.ली.ले दशैमा अनलाईन मार्फत १ हजार ४० नियमित र २ हजार अतिरिक्त गाडीका लागी यात्रुले सिट बुकिङ्ग गरिसकेका छन् ।
    साथै प्रा.लीले दशैको समयमा काठमाण्डौबाट प्यूठान आउने अतिरिक्त गाडीमा २० प्रतिशत बढि भाडा ल्याउने निर्णय समेत रद्ध गरेको छ ।



    mandavionline mandavionline    
  • २१ आश्विन २०८१ सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP