logo

  • २७ बैशाख २०८२, शनिबार | Sat, 10 May 2025

  •      Listen Radio Live

    नौबहिनी गाउँपालिकामा बक्तीत्वकला सम्पन्न

    नौबहिनी गाउँपालिकामा बक्तीत्वकला सम्पन्न

    बिश्व बाल दिबशको अवसरमा नौबहिनी गाउँपालिकामा माध्यमिक बिद्यालय स्तरिय बक्तीत्वकला प्रतियोगीता सम्पन्न भएको छ । नौबहिनी गाउँपालिका भित्रका माध्यमिक बिद्यालयहरुको उपस्थितीमा भएको प्रतियोगीतामा गाबे मावीकी बासना केसी प्रथम, गंगा मावी बहानेकी जानकी सुनार द्धितिय, दुर्गा मावी खवाङका शिवु गिरी तृतिय र नेरा मावी गोगनपानीका मान बहादुर पुनमगरले सान्तवना स्थान हासिल गरेका छन् ।
    बाल विवाह र यसले शिक्षा, समाज र राष्ट्रमा पार्ने असर बिषयक बक्तृत्वकला प्रतियोगितामा प्रथम द्धितीय र तृतिय तथा सान्तवना स्थान हासिल गर्ने बिद्यार्थीलाई क्रमश १० हजार,७ हजार, ५ हजार र ३ हजार तथा शहभागीलाइ एक एक हजार रुपैया पुरस्कार प्रदान गरिएको नौबहिनी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत शिवराज पौडेलले जानकारी दिनुभयो ।
    बक्तीत्वकला प्रतियोगीतालाई सम्बोधन गर्दै गाउँपालिकाका अध्यक्ष दिल बहादुर थापाले बढ्दो बालविवाह न्यूनिकरण गर्न गाउँपालिकाले पहल गरेको र यसलाई स्थानिय स्तरबाटै सहयोगको आबश्यकता रहेको औल्याउनु भयो । समुदाय, बिद्यालय तथा घर परिवारमा सचेतना जगाउन सके बालविवाह न्यूनिकरण गर्न सकिने उहाको भनाइ थियो । उमेरै नपुगी बिबाह गर्दा त्यसको असर शारिरिक, मानसिक तथा सामाजिक रुपमा देखा पर्ने भएकाले कसैले पनि उमेरै नपुगी बिबाह गर्न नहुने उहाको भनाइ थियो ।
    यस्तै गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत शिवराज पौडेलले नौबहिनी गाउँपालिकामा बालविवाह न्यूनिकरण गर्न सचेतना जगाउन आबश्यक रहेको बताउनु भएको छ । समुदाय स्तरमै पुगेर आम सर्वसाधारणसम्म बालविवाहको असरका बारेमा सचेतना जगाउन सके यसको न्यूनिकरण गर्न सकिने बताउनु भयो । नौबहिनी गाउँपालिकाले बाल विवाह न्यूनिकरण गर्न बिभिन्न कार्यक्रमहरु गर्दै आइरहेको बताउदै प्रमुख प्रशासकिय अधिकृत पौडेलले बालविवाहको अन्त्यका लागी स्थानिय तह, बिद्यालय, समुदाय स्तरबाट एकैसाथ हातेमालो गरेर अगाडी बढ्नुपर्ने बताउनु भयो ।



    mandavionline mandavionline    
  • ५ मंसिर २०८१ बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP