चाडपर्व नजिकिएसंगै प्यूठानमा जिल्ला प्रशासन कार्यालय, स्थानिय तहहरुले बजार अनुगमन तिब्र पारेका छन् । दिनहुजसो हुने बजार अनुगमनका क्रममा बजारमा म्याद गुर्जिएका सामान छ्यापछ्याप्ती भेटिने गरेको छ । आइतबार मात्रै जिल्ला प्रशाशन कार्यालय प्यूठान र घरेलु तथा सान उद्योग बिकास कार्यालय खलंगाले बिजुवार र जुम्रिमा गरेको बजार अनुगमनका क्रममा करिव १ लाख रुपैया बराबरको सामाग्रि बरामद गरेको हो ।
बिजुवार र जुम्रिका तिनवटा पसलमा अनुगमन गर्दा अनुगमन समितीले ९१ हजार ६ सय ८८ रुपैया बराबरको बिभिन्न पिय पदार्थ तथा खाद्यान्न सामाग्रि बरामद गरेको हो । अनुगमनका क्रममा म्याद गुर्जिएका सामान बजार छ्यापछ्याप्ती रहेको अनुगमन समितीका संयोजक तथा जिल्ला प्रशासन कार्यालय प्यूठानका प्रशासकिय अधिकृत जालन्धर भुषालले बताउनु भयो ।
पहिलो पटकको अनुगमन भएकाले ब्यवसायीलाइ सचेत बनाइएको र सामान बरामद गरि नष्ट गरिएको र पुन्ह अनुगमन गर्दा म्याद गुर्जिएका सामान बेचेको पाइए कानुन अनुसारको कार्वाहि गरिने समेत बताउनु भयो ।
अनुगमन समितीले पिय पदार्थ कोक, पेप्सी, प्याकेटका तयारी खाद्यय पदार्थहरु चिसबल्स, कुरकुरे, बिष्कुट तथा केहिथान मदिरा समेत बरामद गरि नष्ट गरिएको प्रशासकिय अधिकृत भुषालले बताउनु भयो ।
प्रतिक्रिया