logo

  • १५ आश्विन २०८३, बिहीबार | Thu, 01 Oct 2026

  •      Listen Radio Live

    प्यूठान कांग्रेस: महाधिवेशनमा यी नेताहरू भए केन्द्रका लागि निर्विरोध

    प्यूठान कांग्रेस: महाधिवेशनमा यी नेताहरू भए केन्द्रका लागि निर्विरोध

    प्यूठान । नेपाली कांग्रेसको १५ औँ केन्द्रीय महाधिवेशन अन्तर्गत प्यूठानबाट विभिन्न समावेशी क्लस्टरतर्फ १२ जना महाधिवेशन प्रतिनिधि निर्वाचित हुनुभएको छ । २०८३ असोज १२ गते भएको उम्मेदवारी दर्तामा विभिन्न क्लस्टरका लागि आवश्यक संख्याअनुसार उम्मेदवारी परेपछि उक्त क्लस्टरका प्रतिनिधिहरु निर्विरोध चयन हुनुभएको हो।

    प्यूठानमा महाधिवेशन प्रतिनिधि चयनका क्रममा खुला तथा अन्य समावेशी समूहमा भने निर्वाचन प्रक्रिया अघि बढेको थियो । असोज १२ गते भएको मनोनयन दर्तासम्बन्धी मुख्य निर्वाचन अधिकृत रेशमराज गिरीले दिएको विवरणअनुसार युवा महिला, मुस्लिम, दलित, प्रजातन्त्र सेनानी द्वन्द्वपीडित सहिद परिवार, श्रमिक, पेशागत विषयविज्ञता, अपांगता, अल्पसंख्यक तथा महिला क्लस्टरमा उम्मेदवारी परेको थियो।

    यसै क्रममा युवा महिला क्लस्टरतर्फ सीमा उलुङ्गे निर्विरोध महाधिवेशन प्रतिनिधि निर्वाचित हुनुभएको छ। उहाँसँगै मुस्लिम क्लस्टरतर्फ अस्गर अली, दलित क्लस्टरतर्फ बसन्त बास्कोटा, प्रजातन्त्र सेनानी, द्वन्द्वपीडित तथा सहिद परिवार क्लस्टरतर्फ दिवाकर गौतम, श्रमिक क्लस्टरतर्फ हरि खड्का र पेशागत विषय विज्ञता क्लस्टरतर्फ हुकुमबहादुर विष्ट महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुनुभएको हो।

    त्यसैगरी अपांगता क्लस्टरतर्फ पूर्णप्रसाद कालाथोकी पनि निर्विरोध निर्वाचित हुनुभएको छ। अल्पसंख्यक क्लस्टरतर्फ लालप्रसाद सेरचन महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुनुभएको छ।

    यससंगै महिला क्लस्टरतर्फ चार जना प्रतिनिधि निर्वाचित हुनुभएको छ। यस क्लस्टरबाट धनलक्ष्मी श्रेष्ठ, निमा गिरी, भगवती विष्ट र साधना राउत महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुनुभएको हो। चारै जनाको उम्मेदवारी आवश्यक संख्याअनुसार परेकाले उहाँहरू निर्विरोध चयन हुनुभएको छ।

    प्यूठानबाट निर्वाचित समावेशी महाधिवेशन प्रतिनिधिको सूची हेर्दा महिलाको प्रतिनिधित्व उल्लेख्य रहेको छ। युवा महिला क्लस्टरबाट एक जना र महिला क्लस्टरबाट चार जना गरी पाँच जना महिला प्रतिनिधि केन्द्रीय महाधिवेशनमा सहभागी हुने भएका छन्।



    mandavionline mandavionline    
  • १५ आश्विन २०८३ बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP