logo
  • २७ माघ २०८१, आईतवार | Sun, 09 Feb 2025

  •      Listen Radio Live

    प्युठान अस्पतालको गुणस्तरीय सेवाका लागि सबैले जोडदिनुपर्छ : स्वास्थ्य मन्त्री सारु

    प्युठान अस्पतालको गुणस्तरीय सेवाका लागि सबैले जोडदिनुपर्छ : स्वास्थ्य मन्त्री सारु

    लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेम बहादुर सारुले प्युठान अस्पतालको गुणस्तरीय तथा प्रभाबकारि सेवाका लागि सबैको ध्यान दिनु पर्नेमा जोड दिएका छन । प्युठान अस्पतालको सुदृढ तथा गुणस्तरीय सेवाका बिषयमा भएको अन्तर्कृयाका मन्त्री सारुले अस्पतालबाट दिइने सेवा प्रभाबकारिताका लागि निर्माणाधिन अस्पताल भबनको निर्माण समयमै सम्पन्न गर्न सबै सरोकारवाला चनाखो बन्न आग्रह गरेका छन । आफु मन्त्रीको कार्यभार सम्हाले देखि प्रदेश भित्रको स्वास्थ्य सुधारका लागि ५५ बुदे योजना सहित अगाडि बढेको बताउदै विभिन्न चेकलिस्ट सहित अनुगमनमा रहेको बताएका छन । मन्त्री सारुले प्युठान अस्पतालको सेवा गुणस्तर सुधार भएको प्रति खुसि ब्यक्त गर्दै आम नागरिकको मानसिक सामाजिक स्वास्थ्यमा सुधार गर्न रणनीतिक योजनाका साथ अगाडि बढेको बताएका छन । “हामिले प्रदेशमा रहेका सबै स्वास्थ्य सस्था सुबिधा सम्पन्न सेवाका लागि बिशेषज्ञ डाक्टरको सेवा सुबिधामा प्रोत्साहन गर्ने , दिर्घ रोगिको उपचारका लागि अनुदान र मनोसामाजिक परामर्शबाट आत्महत्या कम गराउन सामाजिक रुपमा अभियान चलाउने बालबिबाहा न्युनिकरणमा जोड दिएका छौ“मन्त्री सारुले भने ।

    अस्पताल बिकास समितिको आयोजनामा भएको कार्यक्रममा मन्त्री सारुले अहिलेको सरकार देशमा सुसासन र पार्दशिता काएम गर्न प्रतिबद्ध रहेको बताउदै इन्धनमा हुने अनावश्यक खर्च कम गर्न स्वास्थ्य क्षत्रका गाडिमा जिपिएस जडान गरिएको बताएका छन । उनले देशका प्रमुख दल सम्मिलित सरकार जनताका समस्या समाधानमा लागि परेको बताएका छन ।

    कार्यक्रममा लुम्बिनी प्रदेश सदस्य तुल्सिराम शर्माले अस्पताल बिकासका लागि आफुहरु प्रतिबद्ध रहेको बताएका छन । त्यस्तै प्रदेस सदस्य धनलक्ष्मि श्रेष्ठले अस्पतालको गुणस्तरीय सेवाका लागि ठोस योजना अगाडि ल्याउनु पर्ने बताएकि छन ।कार्यक्रममा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र पौडेलले आफुहरु नागरिकले महसुस गर्ने गरि काम गरेको बताएका छन उनले सिमित श्रोतसाधनका बिच सेवा दिएको बताउदै गुणस्तरीय सेवाका लागि भौतिक संरचना , दक्ष जनशक्ति र आबश्यक सामग्रि महत्त्वपूर्ण भएको बताएका छन । कार्यक्रममा अस्पतालले गरेको प्रगति प्रस्तुत गर्दै पौडेलले नेपालमा नमुनाका रुपमा पुनरस्थापना केन्द्र समेत सन्चालन गरेको बताएका छन ।

    अस्पताल बिकास समितिका अध्यक्ष बिजयबिराज बिष्टले अस्पताल सुधारका लागि आफु प्रतिबद्ध रहेको बताएका छन । कार्यक्रममा जिल्ला सम्मन्वय प्रमुख धर्म बहादुर जिसिले अस्पताल बिकास र गुणस्तरीय सेवाका लागि आफुहरु साथ र सहयोग गर्ने बताए , प्रमुख जिल्ला अधिकारी रमा आचार्य सुबेदिले डाक्टर तथा कर्मचारीले गरेको सेवा र सेवा अबधिका आधारमा सुविधा पाउन आबश्यक ब्यबस्था गर्नु पर्ने बताएकि छन , पत्रकार महासघ प्युठान अध्यक्ष श्रीराम भण्डारीले अस्पतालमा बिशेषज्ञहरु टिकाउनका लागि पहल थाल्नु पर्ने बताएका छन । लाएन्सक्लब प्युठानका नवीन श्रेष्ठले स्वास्थ्य सेवामा राजनिती नगर्न आग्रह गरेका छन ।



    mandavionline mandavionline    
  • २५ पुष २०८१ बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP