logo
  • २७ माघ २०८१, आईतवार | Sun, 09 Feb 2025

  •      Listen Radio Live

    प्युठान नगरपालिका स्तरीय किसान संजाल गठन, संयोजकमा महेश कुवर

    प्युठान नगरपालिका स्तरीय किसान संजाल गठन, संयोजकमा महेश कुवर

    रविन विश्वकर्मा,प्युठान । प्युठान नगरपालिकामा पालिका स्तरीय किसान संजाल गठन गरिएको छ । महेश कुवरको संयोजकत्वमा सोमबार २१ सदस्यीय किसान संजाल गठन गरिएको हो । जसको सह संयोजकमा राधा अधिकारी र सदस्य सचिवमा प्युठान नगरपालिकाका कृषि शाखा प्रमुख अजित पौडेल रहनु भएको छ ।
    कार्यक्रममा बोल्दै प्युठान नगरपालिकाका प्रमुख बिष्णु बहादुर योगिले हक अधिकार, कार्यक्रम, बजेटको सवाल, कृषकहरुसंग नियमित समन्वयको निम्त्ति संजालको महत्पवुर्ण भुमिका रहने बताउनुभयोे । पालिकाको तर्फबाट समन्वय, साझेदारी हातेमालो गरेर अगाडि बढ्ने बताउदैकृषि उत्पादनमा जोड दिन आग्रह गर्नुभयो । जिल्लामा खाद्यान्न, फलफुल, तरकारी लगायतका कृषि उपजब्जको अभाव हुँदा बाहिरी जिल्लाबाट आयात गर्नुपर्ने अवस्था रहेको उल्लेख गदै बजार तथा उपभोक्ताको मागलाई ध्यानमा राखेर उत्पादन जोड दिनुभयो । परम्परागत रुपमा गरिदै आएको निर्वाह मुखि खेतीलाई बिस्तार गदै ब्यवसायिक रुपमा अगाडि बढाउन नगरपालिकाका प्रमुख योगिले अनुरोध गर्नुभयो । नगरपालिकाले बजारीकरण, उत्पादनमा आधारित अनुदान कार्यक्रम संञ्चालन गरेको बताउदै कृषकलाई स्थानिय हावा,पानी, माटो सुहाउँदो स्थानिय उत्पादन गर्न सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।


    नगरपालिकाका १० वटै वडामा किसान संजाल गठन गरिएको कृषि शाखा प्रमुख पौडेले जानकारी दिनुभयो । कृषकहरुलाई संञ्जाल मार्फत एकिकृत गदै कृषि बजारीकरण, नगरपालिकाले संञ्चालन गरेको उत्पादनमा आधारित अनुदान लगायत कृषि शाखाबाट संञ्चालन हुने हरेक गतिविधिहरुको बारेमा जानकारी गराउदै कृषिमा लाग्न उत्प्रेरित गर्ने उद्धेश्यका साथ संञ्जाल गठन गरिएको उहाँले बताउनुभयो । संञ्जाल मार्फत कृषकका समस्या, गुनासो तथा मागहरुलाई सम्बोधन गर्न सजिलो हुने उहाँको भनाई छ ।

    कार्यक्रममा प्यूठान नगरपालिकाको आर्थिक विकास समितिका संयोजक, प्रवक्ता तथा ३ नंम्बर वडा अध्यक्ष सुमन राज श्रेष्ठ, बिभिन्न शाखा प्रमुख,कृषक लगायतको उस्थिति रहेको थियो ।



    mandavionline mandavionline    
  • २४ मंसिर २०८१ सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP