वनमा आगो लगाउने दुइ जनालाई प्रहरिले पक्राउ गरेको छ । प्यूठानको ऐरावती गाउँपालिका ५ को बदरखोला सामुदायीक वनमा आगो लगाउने स्थानिय २ जनालाइ प्रहरिले गएराति पक्राउ गरेको हो ।
गाउँपालिकाको साधनचौर बस्ने बर्ष २३ का बिनोद केसि र सोहि ठाउकै बर्ष २९ का रमेश के एम लाई प्रहरिले पक्राउ गरेको हो ।
जिल्ला प्रहरि कार्यलय प्यूठानबाट खटियको प्रहरि टोलिले हिजोसाझ ९ बजेतिर उनिहरूलाइ पक्राउ गरेको जिल्ला प्रहरि कार्यालय प्यूठानले जनायको छ । जिप्रका प्यूठानका सुचना अधिकारि हरि भट्टराईका अनुसार पक्राउ परेका दुबै जनालाई डिभिजन वन कार्यालय प्यूठान पठाईएको छ ।
प्रतिक्रिया