रविन विश्वकर्मा,प्युठान । सदमुकाम खलंगामा प्रथम जिल्ला स्तरीय खुल्ला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । मल्लरानी ब्याडमिन्टन क्लव मल्लरानी गाउँपालिका –४, खलंगाको आयोजनामा बैशाख २६ गते देखि संञ्चालन भएको प्रतियोगिता आज सम्पन्न भएको हो । “खेल स्वास्थ्यको लागि, खेलाडी राष्ट्रको लागि, “समृद्ध समाज निर्माणको आधार, युवाको सरोकार” भन्ने नाराको साथ आयोजना गरिएको प्रतियोगितामा खलंगाका सुराज श्रेष्ठ र राजन केसीको जोडी प्रथम भएको छ ।
यस्तै करण रायमाझी र झविन्द्र राउतको जोडी द्धितिय भएको छ भने तृतीय धिराज श्रेष्ठ र दिनेश विक्रम शाहको जोडी भएको हो । प्रतियोगितामा जिल्लाभरबाट ३२ टिमको सहभागिता रहेको थियो ।प्रथम, द्धितिय र तृतीय हुनेहरुले क्रमश नगद २० हजार, १५ हजार, १० हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । मल्लरानी गाउँपालिकाका उपाध्यक्ष रमेश श्रेष्ठले बिजेताहरुलाई पुरस्कार प्रदान गर्नुभएको थियो ।
प्रतिक्रिया