रविन विश्वकर्मा,प्युठान । प्युठानको सदमुकाम खलंगामा प्रथम जिल्ला स्तरीय खुल्ला ब्याडमिन्टन प्रतियोगिता २०८२ संञ्चालन हुने भएको छ । मल्लरानी ब्याडमिन्टन क्लव मल्लरानी गाउँपालिका –४, खलंगाको आयोजनामा बैशाख २६ गते देखि ‘B’ LEVEL ब्याडमिन्टन प्रतियोगिता संञ्चालन हुने भएको हो । “खेल स्वास्थ्यको लागि, खेलाडी राष्ट्रको लागि, “समृद्ध समाज निर्माणको आधार, युवाको सरोकार” भन्ने नाराको साथ आयोजना गरिएको प्रतियोगिता कर्भड हल खलंगामा २ दिन सम्म संञ्चालन हुने मल्लरानी ब्याडमिन्टन क्लव अध्यक्ष सुरज श्रेष्ठले बताउनुभयो ।
प्रतियोगितामा प्रथम, द्धितिय र तृतीय हुनेहरुले क्रमश नगद २० हजार, १५ हजार, १० हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र पाउँने छन् । ईच्छुक टिम तथा ब्यक्तिलाई बैशाख २५ गते साझ ५ बजे सम्म निर्धारित समयमै दर्तागरी प्रतियोगितामा सहभागिता जनाउन आयोजकले आग्रह गरेको छ । टिम दर्ता शुल्क २ हजार तोकिएको छ ।
प्रतिक्रिया