logo

  • ३० बैशाख २०८२, मंगलवार | Tue, 13 May 2025

  •      Listen Radio Live

    दोस्रो नौबहिनी गाउँपालिका स्तरिय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

    दोस्रो नौबहिनी गाउँपालिका स्तरिय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

    रविन विश्वकर्मा,प्युठान । दोस्रो नौबहिनी गाउँपालिका स्तरिय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । बहाने ब्याड ब्याडमिन्टन क्लबको आयोजना तथा नौबहिनी गाउँपालिकाको आर्थिक सहयोगमा फागुन २ गते देखि संञ्चालन भएको प्रतियोगिता आज सम्पन्न भएको हो । ब्याडमिन्टन प्रतियोगिताको प्रथम उपाधि नौबहिनी गाउँपालिकाका निवर्तमान अध्यक्ष शिव रिजाल र भूपेन्द्र पुन मगरले हात पार्नुभएको छ । दोस्रो उपाधि सागर पुन, सुन्दर घर्ती र तेस्रो नविन केसी र बिनोद चौधरीको टिमले हात पारेको छ ।

    प्रतियोगितामा २६ टिमको सहभागिता रहेको थियो । बिजेता प्रथम, द्धितिय र तृतीय टिमलाई नगद सहित मेडल, ट्रफि र प्रमाणपत्र प्रदान गरेको बहाने ब्याडमिन्टन क्लबका अध्यक्ष टिकाराम पुन मगरले जानकारी दिनुभयो। साथै प्रथम हुने टिमलाई २६ हजार रुपैंया बराबरको एउटा खसि दिएको बताउनुभयो । पुरस्कार वितरण कार्यक्रममा समाजसेवी शंकर केसीलाई समेत सम्मान गरिएको अध्यक्ष पुन मगरले बताउनुभयो । नौबहिनी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत शिवराज पौडेलले प्रमाणपत्र, टिका, दोसल्लाले सम्मान गर्नुभएको हो ।



    mandavionline mandavionline    
  • ३ फाल्गुन २०८१ शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP