logo

  • २७ बैशाख २०८२, शनिबार | Sat, 10 May 2025

  •      Listen Radio Live

    एतिहासिक भित्रिकोट दौड प्रतियोगिता संञ्चालन हुने

    एतिहासिक भित्रिकोट दौड प्रतियोगिता संञ्चालन हुने

    रविन विश्वकर्मा,प्युठान । महाअष्टमी कालरात्री पर्वको अबसरमा एतिहासिक भित्रिकोट दौड प्रतियोगिता संञ्चालन हुने भएको छ । प्यूठान नगरपालिका वडा नंम्बर ७ को आयोजनामा असोज २५ गते दौड प्रतियोगिता गर्न संञ्चालन गर्न लागिएको हो । यस बर्ष महाअष्टमी तथा नवमी एकै दिन परेकाले २५ गते नै दौड कार्यक्रम गरिने वडा अध्यक्ष नेत्र बहादुर केसीले जानकारी दिनुभयो । गत सोमवार वडा कार्यालयमा बसेको सरोकारवालाहरुको बैठकको निर्णय अनुसार गोरखा लिगलिगेको झल्को दिने गरी दौड प्रतियोगिता गर्न लागिएको अध्यक्ष केसीले बताउनुभयो ।

    पुरातात्विक तथा धार्मिक महत्वको बिशेषता बोकेको जिल्लाको ऐतिहासिक पर्यटकीय स्थल भित्रिकोटको प्रर्यटन प्रवद्र्धनका निमित्त बिगत २ बर्ष देखि एतिहासिक दौड प्रतियोगिता संञ्चालन गदै आएको केसीले बताउनुभयो । दौड असोज २५ गते बिहान साढे ७ बजे प्यूठान नगरपालिका –७ स्थित सैनिक ब्यारेकबाट भित्रिकोट दरवार सम्म करिव ९ किमी उकालो दौड हुनेछ ।

    दौड प्रतियोगितामा प्रथम,द्धितिय,तृतीय र सान्त्वना हुनेहरुलाई क्रमश नगद रु १५ हजार, १० हजार, ७ हजार र ३ हजार सहित प्रमाणपत्र प्रदान गर्ने वडाले जनजाएको छ । प्रतियोगितामा भाग लिन चाहाने ईच्छुक ब्यक्तिहरुलाई भोलि २४ गते साझ ६ बजे सम्म नाम दर्ता गर्न वडाले आग्रह गरेको छ ।



    mandavionline mandavionline    
  • २३ आश्विन २०८१ बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP