logo

  • २९ बैशाख २०८२, सोमबार | Mon, 12 May 2025

  •      Listen Radio Live

    सदरमुकाम खलंगामा खुल्ला भलिबल प्रतियोगिता सुरु

    सदरमुकाम खलंगामा खुल्ला भलिबल प्रतियोगिता सुरु

    भिमकला कुँवर,प्युठान । मल्लरानी गाउँपालिका ४ खलंगामा खुल्ला भलिबल प्रतियोगिताको उद्घाटन भएको छ । गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर खड्काले आज एक कार्यक्रमका बिच प्रतियोगिताको उद्घाटन गर्नुभएको हो । मल्लरानी गाउँपालिका वडा नं.४ वडा अध्यक्ष कुमार श्रेष्ठको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर खड्काको प्रमुख तथा गाउँपालिकाका उपाध्यक्ष रमेशकुमार श्रेष्ठको बिशेष आतिथ्यता रहेको थियो ।

    शुभ दिपावली तथा छठ पर्वको अबसर पारि आ.व.२०८१/०८२ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार खेलाडीहरुको प्रतिस्पर्धात्मक खेल क्षमता विकास गर्ने उद्धेश्यका साथ कार्यक्रमको आयोजना गरिएको वडा अध्यक्ष कुमार श्रेष्ठ जानकारी बताउँनुभयो । प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ ।

    प्रतियोगितामा सहभागि हुन चाहानेले मंगलबार बिहान ८ बजेसम्म टिम दर्ता गर्न सक्ने र खेल ८ बजे बाट नै सुरु हुने वडाले बताएको छ । प्रतियोगितामा प्रथम हुनेले नगद ५० हजार, दोस्रो हुनेले ३० हजार, र तेस्रो हुनेले २० हजार ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छन । मल्लरानी गाउँपालिका वडा नं. ४ को आयोजनामा संचालन भएको प्रतियोगिता १४ गतेसम्म संचालन हुने छ ।



    mandavionline mandavionline    
  • १२ कार्तिक २०८१ सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP