logo

  • २९ बैशाख २०८२, सोमबार | Mon, 12 May 2025

  •      Listen Radio Live

    तिराममा टोल स्तरिय भलिवल प्रतियोगीता सुरु

    तिराममा टोल स्तरिय भलिवल प्रतियोगीता सुरु

    माण्डवी गाउँपालिका वडा नं १ तिराममा टोल स्तरिय भलिवल प्रतियोगिता आजबाट सुरु भएको छ । माण्डवी गाउँपालिका वडा नं १ को आयोजनामा आजबाट सुरु भएको भलिवल प्रतियोगिताको उद्घाटन गाउँपालिकाका उपाध्यक्ष पुर्ण प्रसाद कालाथोकीले गर्नुभयो । उद्घाटन कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष कालाथोकीले माण्डवी गाउँपालिकाका सबै वडाहरुमा वडा स्तरिय भलिवल प्रतियोगिता भैरहेको र यसले खेल तथा खेलाडीहरुमा सहयोग पुग्ने बताउनु भयो । लुकेका खेलाडीलाइ बाहिर ल्याउन गाउँपालिकाले गाउँपालिका स्तरिय अध्यक्ष कप तथा वडा स्तरमा समय समयमा खेलकुदका कार्यक्रम गर्दै आइरहेको बताउनु भयो ।
    खेल र खेलाडीको बिकासका लागी माण्डवी गाउँपालिकाले आफ्नै पालिका स्तरिय खेलमैदान निर्माण गरिरहेको र यसले स्थानिय खेलाडीको प्रतिभा उजागर गर्न मद्धत पुग्ने बताउनु भयो । कार्यक्रममा माण्डवी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत भिमकान्त भण्डारी, वडा अध्यक्ष बाम बहादुर बुढा लगाएतको उपस्थिती रहेको प्रतियोगितामा ११ टिमको सहभागीता रहेको छ ।
    प्रतियोगितामा प्रथम, द्धितिय र तृतीय हुनेलाई क्रमश १५, १२ र १० हजार तथा सहभागि टिमलाई नेट र भलिबलको ब्यवस्था गरिएको वडा अध्यक्ष बुढाले जानकारी दिनुभयो ।



    mandavionline mandavionline    
  • १३ मंसिर २०८१ बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP