रविन विश्वकर्मा,प्युठान । झिमरुक गाउँपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्डको उपाधी बाल शिक्षा मावि ओखरकोटले जितेको छ । झिमरुक गाउँपालिका–५, मच्छी स्थित झिमरुक नदि किनारमा रहेको मैनाके खेलमैदानमा भएको प्रतियोगितामा बाल शिक्षा माविले १२ स्वर्ण, ५ रजत र ३ काष्य गरि जम्मा २० पदक प्राप्त गर्दै रनिङ शिल्डको उपाधी जितेको हो । यो संगै विद्यालयले लगातार तेस्रो पटक राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता जित्दै शिल्ड हात हो ।
यस्तै प्रतियोगितामा ५ स्वर्ण , ६ रजत र ७ काष्य गरि १८ पदक जित्दै सत्य मावि तुसाराले द्धितिय भएको छ । त्यस्तै जनता मावि टिमुरचौरले ४ स्वर्ण, ३ रजत र २ काष्य गरि ९ पदक प्राप्त गदै तृतिय हुन सफल भएको छ ।
प्रतियोगिताका विजयी बिद्यालय तथा विद्यार्थीलाई गाउँपालिका अध्यक्ष पति बहादुर महतरा क्षेत्री, गाउँपालिका उपाध्यक्ष प्रमोद पोख्रेल, प्रमुख प्रशासकिय अधिकृत कृष्ण बहादुर थापाले शिल्ड, कप, मेडल र प्रमाणपत्र वितरण गर्नु भएको थियो ।
माघ १६ गतेबाट सुरु भएको प्रतियोगितामा झिमरुक गाउँपालिका अन्तर्गतका १२ वटा सामुदायिक माध्यामिक विद्यालयको सहभागीता रहेको शिक्षा शाखा प्रमुख मोहन बिसीले जानकारी दिनुभयो । प्रतियोगितामा छात्र र छात्रातर्फ भलिबल, कबड्डी, एथ्लेटिक्स, हाइजम्प, लङजम्प, त्रिपलजम्प, ज्यावलिङ थ्रो, सटफुट, दौड लगायत गरी १५/१५ विधाका खेलहरु समावेश गरीएको बताउनुभयो ।
प्रतिक्रिया