logo
  • २७ माघ २०८१, आईतवार | Sun, 09 Feb 2025

  •      Listen Radio Live

    स्वर्गद्धारी नगरपालिका, माण्डवी र झिमरुक गाउँपालिकामा आजदेखि राष्ट्रपती रनिङशिल्ड प्रतियोगिता संञ्चालन हुदै

    स्वर्गद्धारी नगरपालिका, माण्डवी र झिमरुक गाउँपालिकामा आजदेखि राष्ट्रपती रनिङशिल्ड प्रतियोगिता संञ्चालन हुदै

    स्वर्गद्धारी नगरपालिका स्तरीय छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजदेखि सुरुहुदै छ । स्वर्गद्धारी पालिकाको आयोजनामा ४ नंम्बर वडा स्थित बाँझिपुर खेल मैदानमा हुने प्रतियोगिताको लुम्बिनी प्रदेशका सहरी विकास तथा खानेपानीमन्त्री सरोज थापा रोज राणाले उद्घाटन गर्ने कार्यक्रम तय भएको नगर प्रमुख टेक बहादुर भण्डारीले जानकारी दिनुभयो । छात्रछात्रा अन्तर्गत भलिबल, कबड्डी तथा एथलेटिक्स तर्फका विभिन्न बिधाहरुमा खेल संचालन हुने खेलकुद तथा शिक्षा शाखा प्रमुख प्रेम बहादुर जिसीले बताउनुभयो । प्रतियोगिता ३ दिन सम्म संञ्चालन हुनेछ ।

    माण्डवी गाउँपालिकामा पनि आजदेखि तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरुहुदै छ । माण्डवी गाउँपालिका ३ मार्सिबाङ्ग खेल मैदानमा प्रतियोगिता हुने गाउँपालिकाले जनाएको छ । ३ दिन सम्म चल्ने प्रतियोगितामा छात्रछात्रा अन्तर्गत भलिबल, कबड्डी तथा एथलेटिक्स तर्फका विभिन्न बिधाहरुमा खेल आयोजना गरिएको छ ।

    यस्तै झिमरुक गाउँपालिका स्तरीय चौंथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको तयारी पूरा भएको छ । पालिका स्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको बुधबार आज उद्घाटन हुदैछ । रनिङशिल्डको जिल्ला समन्वय समिति प्युठानका प्रमुख धरम बहादुर जिसीले उद्घाटन गर्ने कार्यक्रम तय भएको झिमरुक गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता व्यवस्थापन तथा निर्देशक समितिका संयोजक तथा पालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार दिउँसो १ बजे कार्यक्रम उद्घाटन गर्ने तयारी भएको छ। खेलकुद कार्यक्रम भने बिहान १० बजेदेखि सुरु गरिने निर्णय भएको जानकारी दिनुभयो ।

    खेलकुद झिमरुक गाउँपालिका–५, मच्छी स्थित झिमरुक नदि किनारमा रहेको नवनिर्मित खेल मैदान मैनाकेमा हुने छ। छात्रछात्रा अन्तर्गत भलिबल, कबड्डी तथा एथलेटिक्स तर्फका विभिन्न बिधाहरुमा खेल संचालन हुने शिक्षा शाखा प्रमुख मोहन बिसीले जानकारी दिनुभयो ।



    mandavionline mandavionline    
  • १६ माघ २०८१ बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP