logo
  • २७ माघ २०८१, आईतवार | Sun, 09 Feb 2025

  •      Listen Radio Live

    सरुमारानी चाैथाे रनिङ शिल्डकाे उपाधी सरस्वती मावि बाङ्गेसाललाई

    सरुमारानी चाैथाे रनिङ शिल्डकाे उपाधी सरस्वती मावि बाङ्गेसाललाई

    रविन विश्वकर्मा,प्युठान । सरुमारानी गाउँपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्डकाे उपाधी सरस्वती मावि बाङ्गेसालले जितेकाे छ । सरुमारानी गाउँपालिका २ दर्भान खेल मैदानमा भएको प्रतियाेगितामा सरस्वती माविले १० स्वर्ण, ८ रजत र ३ काष्य गरि २१ पदक प्राप्त गर्दै रनिङ शिल्डकाे उपाधी जितेकाे हाे ।

    यस्तै प्रतियाेगितामा ४ स्वर्ण , ५ रजत र २ काष्य गरि ११ पदक जित्दै सरुमारानी गाउँपालिका २ स्थित ऐरावती ईङलिस स्कुल दर्भान दाेस्राे भएको छ । त्यस्तै सरुमारानी गाउँपालिका ३ स्थित सरस्वती मावि चाभा तेस्रो भएको छ सरस्वती मावि चाभाले ३ स्वर्ण पदक ,३ रजत र १० काष्य गरि जम्मा १६ पदक प्राप्त गरेकाे छ ।

    प्रतियाेगिताका विजयी स्कुल तथा विद्यार्थीलाई कार्यक्रमका प्रमुख अतिथि तथा संविधान सभा सदस्य धन बहादुर रायमाझी, गाउँपालिकाका अध्यक्ष झग बहादुर विश्वकर्मा,गाउँपालिका उपाध्यक्ष बसन्ता खडका,प्रमुख प्रशासकिय अधिकृत देविराम पाठक लगायतले पुरस्कार स्वरुप शिल्ड, कप, मेडल र प्रमाणपत्र वितरण  गर्नु भएको थियाे ।

    यहि कार्तिक ११ गतेकाट सुरु भएको प्रतियोगितामा ससरुमारानी गाउँपालिका भित्रका ९ वटा सामुदायिक र २ वटा संस्थागत गरि ११ वटा आधारभुत तथा माध्यमिक विद्यालयको सहभागीता रहेको थियाे । प्रतियोगितामा छात्र,छात्राका लागि १६/१६ विधाका खेलको आयोजना गरिएको सरुमारानी गाउँपालिकाका खेलकुद तथा शिक्षा शाखा प्रमुख पुष्पलाल शाहीले जानकारी दिनुभयो ।

     

     



    mandavionline mandavionline    
  • १३ कार्तिक २०८१ मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP