logo

  • ५ आश्विन २०८३, सोमबार | Mon, 21 Sep 2026

  •      Listen Radio Live

    प्यूठानका ६४ वटै वडामा कांग्रेसको नयाँ नेतृत्व चयन, को–को बने वडा सभापति?

    प्यूठानका ६४ वटै वडामा कांग्रेसको नयाँ नेतृत्व चयन, को–को बने वडा सभापति?

    प्यूठान । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत प्यूठान जिल्लाका ९ वटै स्थानीय तहका ६४ वडामा वडा अधिवेशन सम्पन्न भई नयाँ नेतृत्व चयन भएको छ। अधिवेशनबाट वडा सभापतिसहित वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधिहरू निर्वाचित भएका छन्।

    नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको संशोधित कार्यतालिकाअनुसार वडा अधिवेशन २०८३ असोज ३ र ४ गते सम्पन्न गर्ने कार्यक्रम तय गरिएको थियो। यसअघि भदौ २४ गतेका लागि तोकिएको वडा अधिवेशन रसुवाको भोटेकोशीमा आएको बाढी लगायतका कारण परिमार्जन गरी असोज ३ र ४ गते सारिएको थियो।

    प्यूठानमा पनि सोही कार्यतालिकाअनुसार अधिवेशन सम्पन्न भएको हो। प्यूठानमा गौमुखी, झिमरुक, नौबहिनी, मल्लरानी, प्यूठान नगरपालिका, ऐरावती, स्वर्गद्वारी नगरपालिका, माण्डवी र सरुमारानी गरी ९ स्थानीय तह छन्। ती स्थानीय तहअन्तर्गत रहेका ६४ वटै वडामा कांग्रेसको वडा तहको नयाँ नेतृत्व चयन भएको हो।

    नेपाली कांग्रेस प्यूठानको अधिवेशनबाट निर्वाचित वडा सभापतिहरूको विवरण यसप्रकार रहेको छ :

    १.झिमरुक गाउँपालिका- ८ वडा

    १. वडा नं. १ — डालिन्द्र के.सी.
    २. वडा नं. २ — मनबहादुर सामत
    ३. वडा नं. ३ — शेरबहादुर जि.सी.
    ४. वडा नं. ४ — अनिल जि.सी.
    ५. वडा नं. ५ — मधु श्रेष्ठ
    ६. वडा नं. ६ — ओमबहादुर थापा
    ७. वडा नं. ७ — बोमु गिरी
    ८. वडा नं. ८ — विष्णुबहादुर महतरा

    २. गौमुखी गाउँपालिका — ७ वडा

    १. वडा नं. १ — कुशलसिंह थापामगर
    २. वडा नं. २ — भुजबहादुर राना
    ३. वडा नं. ३ — जंगबहादुर
    ४. वडा नं. ४ — ईश्वर ब. के.सी.
    ५. वडा नं. ५ — राजकुमार विष्ट
    ६. वडा नं. ६ — पूर्ण ब. खत्री
    ७. वडा नं. ७ — बसन्तलाल पुरी

    ३. नौबहिनी गाउँपालिका — ८ वडा

    १. वडा नं. १ — धर्मबहादुर शाही
    २. वडा नं. २ — विराज पुरी
    ३. वडा नं. ३ — छविलाल बुढा
    ४. वडा नं. ४ — मिलन घर्ती
    ५. वडा नं. ५ — केसमान पुन
    ६. वडा नं. ६ — केशव केसी
    ७. वडा नं. ७ — मधु पुरी
    ८. वडा नं. ८ — भविराम पुन

    ४. मल्लरानी गाउँपालिका — ५ वडा

    १. वडा नं. १ — तिलकबहादुर खत्री
    २. वडा नं. २ — लालमन भट्ट
    ३. वडा नं. ३ — अमरबहादुर घर्ती
    ४. वडा नं. ४ — आशिस श्रेष्ठ
    ५. वडा नं. ५ — यामलाल बुढामगर

    ५. प्यूठान नगरपालिका — १० वडा

    १. वडा नं. १ – रमेश कुमार आचार्य
    २. वडा नं. २ — झपकबहादुर विष्ट
    ३. वडा नं. ३ — षटकुमार न्यौपाने
    ४. वडा नं. ४ — भुवन भट्टराई
    ५. वडा नं. ५ — रुक्मिणी भूपाल
    ६. वडा नं. ६ — भुवन पुन
    ७. वडा नं. ७ — नगेन्द्र पौडेल
    ८. वडा नं. ८ — किशोर एम।सी।
    ९. वडा नं. ९ — सूर्यबहादुर केसी
    १०. वडा नं. १० — ओम घर्तीमगर

    ६. ऐरावती गाउँपालिका — ६ वडा

    १. वडा नं. १ — पूर्णबहादुर गुरुङ
    २. वडा नं. २ — दीपक जिसी
    ३. वडा नं. ३ — मीना थापा
    ४. वडा नं. ४ — तुकबहादुर भण्डारी
    ५. वडा नं. ५ — बसन्त ढकाल
    ६. वडा नं. ६ — उमेश थापामगर

    ७. स्वर्गद्वारी नगरपालिका — ९ वडा

    १. वडा नं. १ — दुर्गा विष्ट
    २. वडा नं. २ — याम ब. खत्री
    ३. वडा नं. ३ — डिलबहादुर घर्तीमगर
    ४. वडा नं. ४ — पदमबहादुर बुढाथोकी
    ५. वडा नं. ५ — प्रशान्त भण्डारी
    ६. वडा नं. ६ — बुद्धिराम गोराथोकी
    ७. वडा नं. ७ — सुरज जि एम
    ८. वडा नं. ८ — लाल ब. राका
    ९. वडा नं. ९ — किसान बैजाली

    ८. माण्डवी गाउँपालिका — ५ वडा

    १. वडा नं. १ — देवबहादुर खत्री
    २. वडा नं. २ — केशवबहादुर पुन
    ३. वडा नं. ३ — टेकन पौडेल
    ४. वडा नं. ४ — नारायण ब. पुन
    ५. वडा नं. ५ — अर्जुनसिंह मल्ल

    ९. सरुमारानी गाउँपालिका — ६ वडा

    १. वडा नं. १ — मेनुदिन मियाँ
    २. वडा नं. २ — रुद्रलाल पन्थी
    ३. वडा नं. ३ — इस्माइल मियाँ
    ४. वडा नं. ४ — हिरा ब. राना
    ५. वडा नं. ५ — कुलबहादुर दर्लामी
    ६. वडा नं. ६ — कृष्णबहादुर पुन

    ६४ वडाबाट १ हजार ४ सय ७२ क्षेत्रीय प्रतिनिधि

    वडा अधिवेशनबाट वडा सभापति तथा वडा कार्यसमिति चयनसँगै ६४ वटै वडाबाट कुल १ हजार ४ सय ७२ जना क्षेत्रीय प्रतिनिधिसमेत निर्वाचित भएको कांग्रेस प्यूठानले जनाएको छ।

    निर्वाचित क्षेत्रीय प्रतिनिधिहरूमध्ये महिला १९२, खुला ३२०, पेशागत विज्ञ ६४, ३५ वर्षमुनिका युवातर्फ महिला ६४ र पुरुष १२८, समानुपातिकतर्फ ३८४, अपांगता भएका ६४, दलित ६४, प्रजातान्त्रिक सेनानी तथा द्वन्द्वपीडित र विस्थापित १२८ र श्रमिकतर्फ ६४ जना रहेकाछन् ।

    कांग्रेस प्यूठानका सभापति विष्णुकुमार गिरीका अनुसार वडा अधिवेशनबाट निर्वाचित नयाँ नेतृत्वले पार्टीको संगठनलाई वडा तहसम्म थप व्यवस्थित बनाउन, सदस्य तथा कार्यकर्तालाई परिचालन गर्न र माथिल्ला तहका अधिवेशनका लागि आवश्यक प्रतिनिधि चयनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ।

    कांग्रेसको संगठनात्मक संरचनामा वडा अधिवेशनलाई आधारभूत तहको महत्वपूर्ण प्रक्रिया मानिन्छ। वडा तहबाट निर्वाचित प्रतिनिधिले क्रमशः पालिका, प्रदेश सभा क्षेत्र, प्रतिनिधिसभा क्षेत्र तथा जिल्ला र प्रदेश तहका अधिवेशनमा प्रतिनिधित्व गर्ने व्यवस्था छ। कांग्रेसको केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको कार्यतालिकाअनुसार वडा अधिवेशनपछि पालिका अधिवेशन, प्रदेश सभा क्षेत्रीय अधिवेशन, प्रतिनिधिसभा क्षेत्रीय तथा जिल्ला अधिवेशन हुँदै २०८३ असोज १६ देखि १९ गतेसम्म १५औँ केन्द्रीय महाधिवेशन गर्ने कार्यक्रम छ।

    यससँगै प्यूठानमा कांग्रेसको वडा तहको नयाँ नेतृत्व चयन प्रक्रिया सम्पन्न भएको छ र अब पार्टीको ध्यान पालिका, प्रदेश सभा क्षेत्र, प्रतिनिधिसभा क्षेत्र तथा जिल्ला तहका अधिवेशनतर्फ केन्द्रित हुने देखिएको छ।

     



    mandavionline mandavionline    
  • ५ आश्विन २०८३ सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP