शम्सेरबिक्रम जि.सी
ऐरावती गाउँपालिका वडा नं. ५ सरङकोटमा बृक्षारोपण गरिएको छ । जिल्ला प्रहरी कार्यालय प्यूठानको सहयोग तथा स्थानियको उपस्थितीमा बृक्षारोपण गरिएको हो । जिल्ला प्रहरी कार्यालय प्यूठानको समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत अल्पसङ्ख्यक समुदायसंग प्रहरी बृक्षारोपण कार्यक्रम सम्पन्न भएको हो । गन्दर्भ समुदायको बसोबास रहेको सरङकोटमा सारङ्गी बनाउन प्रयोग गरिने गिठीका ३० वटा बिरुवा रोपिएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी नायव उपरिक्षक इस्वर थापाले जानकारी दिनुभयो । सारङ्गी र यसको पहिचानलाई संरक्षण गर्न आबश्यक छ । प्र.ना.उ थापाले भन्नुभयो,‘गन्दर्भ समुदायको पुख्र्यौली बजाको पनि संरक्षण गर्न पहल हुन्छ ।’
सारङ्गी बनाउने र बजाउने पुख्र्यौली पेशा अंगाल्दै आएका यहाँका गन्दर्भ समुदायलाई आफ्नो पुख्र्याैली बाजाको संरक्षणमा जोडनका लागी बृक्षारोपण गरिएको उहाको भनाइ छ । बृक्षारोपण कार्यक्रममा बोल्दै प्रमुख अतिथी निमित्त प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी शर्माले समुदायको उत्थानका लागी आफ्नो पहिचानको संरक्षण अपरिहार्य रहेको बताउनु भयो । गन्दर्भ समुदायले पहिले पलिहे गाउँमा गितको माध्यमबाट सुचना पुर्याउने गरेकोमा अहिले गन्दर्भ समुदाय आफ्नो पेशाबाट पलाएनको अवस्थामा आएको भन्दै यसको संरक्षण आवश्यक रहेको बताउनु भएको छ । बृक्षारोपणले सारङ्गिको मात्रै संरक्षण नभएर समुदायकै संरक्षणहुने सुनाउनु भयो ।
सरङकोटमा आज ३० वटा गिठीका बिरुवा रोपिएको गन्दर्भ समाज सरङकोटका सचिव अर्जुन गन्दर्भले जानकारी दिनुभएको छ ।
प्रतिक्रिया