प्यूठान । नेपाली कांग्रेसको वडा अधिवेशनअन्तर्गत प्यूठानको गौमुखी गाउँपालिकाका विभिन्न वडामा अधिवेशन सम्पन्न भएको छ। गाउँपालिकाका ७ वडामध्ये हालसम्म ५ वडामा वडा सभापति चयन भएका छन् भने वडा नं. १ र ३ मा अधिवेशन भोलि हुने भएको छ।
गौमुखी गाउँपालिका–२ मा भुजबहादुर राना, वडा नं. ४ मा ईश्वरबहादुर केसी, वडा नं. ५ मा राजकुमार विष्ट, वडा नं. ६ मा पूर्णबहादुर खत्री र वडा नं. ७ मा बसन्तलाल पुरी वडा सभापतिमा चयन हुनुभएको छ।
त्यस्तै, वडा नं. १ र वडा नं. ३ को वडा अधिवेशन भने भोलि हुने बताइएको छ।
गौमुखी गाउँपालिका प्यूठान जिल्लामा ७ वडा भएको स्थानीय तह हो।
प्रतिक्रिया